मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘वर एण्ड वधू’ आगामी भदौ १४ मा रिलिज हुने भएको छ । निर्माण टिमले पोष्टर रिलिज गर्दै रिलिज डेट घोषणा गरेको हो ।
जानुका थापाले निर्माण गरेको यो फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्यको शीर्ष भूमिका छ । फिल्ममा गरिमा शर्मा, बिजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, कलाकारको पनि अभिनय रहेको छ ।
एलआरके प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा सुदीप बरालको छायांकन र हिमाल केसीको एक्सन रहेको छ । फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd