गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२ औं जन्मजयन्तीका अवसरमा नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान पुर्याएका सर्जक र कलाकारलाई छिन्नलता पुरस्कार प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी, गायक शिव परियारलाई प्रदान गरे । युवातर्फ गायिका मेनुका पौडेललाइ पुरस्कृत गरिएको थियो । यसैगरी २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायिका मनिला सोताङ र युवातर्फ गायक भुपू पाण्डेलाई पुरस्कार प्रदान गरियो ।
छिन्नलता गीत, संगीत र गायन पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ भने युवा पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd