आगामी भदौ ७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सतीदेवी’को टिमले ‘ठुङ मार्नूस, नगद पुरस्कार जित्नूस’ थिमसहित फोटो प्रतियोगिताको घोषणा गरेको छ । निर्माण टिमले आइतबार मौलिकता झल्किने फिल्मको एउटा दृश्य सार्वजनिक गर्दै थिमअनुसारको फोटो पठाउन आग्रह गरेको हो । फोटोमा शीर्ष अभिनेत्री मलिका महत, सिर्जना अधिकारी, सुजीता शिवाकोटी र तीन बाल कलाकार हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पिँढीमा लस्करै बसेर एकअर्काको ठुङ मारिरहेका छन् ।
प्रतियोगीतामा सहभागी हुनका लागि परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको एउटा फोटो खिचेर आफ्नो फेसबुक र इन्टाग्राममा ‘फिल्म ‘सतीदेवी’ ०७ भदौबाट प्रदर्शन हुदैछ’ भन्ने क्याप्सन लेखेर पोस्ट गरी ‘सतीदेवी नेपाली फिल्म’ नामक फेसबुक पेजमा ट्याग, मेन्सन र इनबक्समा पठाउनुपर्ने छ । साथै लक्ष्मणजी नामक इन्स्टाग्राम ह्याण्डलमा पनि मेन्सन गर्नुपर्ने छ ।
प्राप्त फोटोमध्ये प्रथम स्थान हासिल गर्ने एउटा फोटोलाई रु २०,००० दोस्रोलाई १०,००० र तेस्रो हुनेलाई रु ५,००० नगद पुरस्कार अनलाइनमार्फत प्रदान गरिने निर्माण कम्पनी दिलासा क्रिएसनले जनाएको छ ।
फोटो पठाउने अबधि साउन ३१ गते रातीसम्म तोकिएको छ भने प्रतियोगिताको निर्णय ३ भदौमा हुने र बिजेतालाई सोही दिन नगद पुरस्कार उपलब्ध गराइने बताइएको छ । फिल्ममा मलिका महत,रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, सुजीता शिवाकोटी, मनिषा सापकोटाको अभिनय रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd