logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • ‘देवी’ को दुईवटा पोस्टर सार्वजनिक

    ‘देवी’ को दुईवटा पोस्टर सार्वजनिक

    • E24 Nepal
    • बुधबार, ९ साउन २०८१
    468
    SHARES
    ‘देवी’ को दुईवटा पोस्टर सार्वजनिक

    आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘देवी’ को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । जसमध्ये एउटामा गौरव पहारी चित्रित छन् । प्रहरीको भूमिकामा रहेकाले उनले कुनै रहस्यमयी घटनाको अनुसन्धान गरिहेको देखिन्छ । दोस्रो पोस्टरमा नाजिर हुसेन गितार बजाउँदै हर्षित भावमा प्रस्तुत छन् । फिल्ममा उनी एक संस्थाको सञ्चालकको भूमिकामा रहेको जनाइएको छ । शिल्पा भने पत्रकारको भूमिकामा छिन् ।



    सञ्जोग राईको डेब्यु निर्देशनमा तयार भएको यो फिल्म क्राइम(थ्रिलर विषयवस्तुमा बनेको फिल्म हो । यसमा शिल्पा मास्के, गौरव पहारी र नाजिर हुसेन मुख्य भूमिकामा छन् । एक्जिबिट स्टुडियोले बाँसुरी फिल्मससँग सहकार्य गरेको फिल्ममा महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा उठाइएको छ । फिल्मलाइ रेमन गुरुङ, नारायण राई र सञ्जोग राईले निर्माण गरेका हुन ।


    बुधबार, ९ साउन २०८१
    सम्बन्धित समाचार
    Go