logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • ‘देवी’को टिजर सार्वजनिक

    ‘देवी’को टिजर सार्वजनिक

    • E24 Nepal
    • आइतबार, २० साउन २०८१
    507
    SHARES
    ‘देवी’को टिजर सार्वजनिक

    आगामी भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको १ मिनेट ३० सेकेन्डको टिजरमा समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानूनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथालाइ प्रस्तुत गरिएको छ । टिजरमा समावेश एक संवादले फिल्म केही वर्ष अघि सुदूरपश्चिममा घटेको नाबालिग १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित रहेको बुझ्न सकिन्छ ।



    क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । एक्जिबिट स्टुडियो र बाँसुरी फिल्म्ससँगको सहकार्यमा निर्माण भएको फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।


    आइतबार, २० साउन २०८१
    सम्बन्धित समाचार
    Go