प्रधानमन्त्री केपी ओलीको फोटो राखेर पोष्टर निर्माण गरेर चचर्चा आएसंगै अभिनेता तथा निर्देशक रमित ढुंगानाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेटेर फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र पोस्टरमा राख्दा धेरैले नेता नेपालबारे चासो राखेका थिए ।
फिल्ममा नेपालले एसिड आक्रमणविरुद्ध प्रतिबद्धता जनाउने नेताको भूमिका निर्वाह गरेका छन् । गत महिना उनले यसको छायांकन गरेका थिए ।
सत्य घटनामा आधारित भनिएको यो फिल्म आगामी भदौ ७ गते देखि प्रदर्शन हुदैछ । एसिड आक्रमण सर्भाइभरको कथा वोकेको यो फिल्ममा ३३ जना यस्ता घटनाका पीडितलाई चित्रण गरिएको छ ।
फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय छ ।
फिल्ममा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत २०० भन्दा बढी प्रहरीको अभिनय छ । सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले पनि फिल्ममा अभिनय गरेका छन् ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd