logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • ‘सतीदेवी’को ‘माया बसेको रैछ’ गीत सार्वजनिक

    ‘सतीदेवी’को ‘माया बसेको रैछ’ गीत सार्वजनिक

    442
    SHARES
    ‘सतीदेवी’को ‘माया बसेको रैछ’ गीत सार्वजनिक

    आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सतीदेवी’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘माया बसेको रैछ’ बोलको गीतमा लक्ष्मण सुवेदीको शब्द रचना, दीपक शर्माको संगीत तथा प्रताप दास र दीपा लामाको स्वर रहेको छ ।
    गीतको भिडियोमा मुख्य अभिनेत्री मलिका महत र नव–अभिनेता सन्दीप बाबु लोहानीबीचको प्रेमलाई दर्शाइएको छ । सतिदेवीमा अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई गम्भीर प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषय फिल्मले उठाएको छ ।
    संचारकर्मी लक्ष्मण सुवेदीले निदेृशन गरेको यो फिल्ममा मलिका र सन्दीपसँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी लगायतको पनि अभिनय रहेको छ । सुवेदी कै लेखन रहेको यो फिल्ममा बाबु श्रेष्ठको छायांकन, तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।




    शुक्रबार, १ भाद्र २०८१
    सम्बन्धित समाचार
    Go