छिल्लो समयमा नेपालमा फिल्मलाई पुनः प्रदर्शन गर्ने एकखालको ट्रेन्ड नै देखिएको छ । ‘छक्का पञ्जा २’, ‘चपली हाइट ३’, ‘आचार्य’, ‘बिहे पास’ जस्ता फिल्म पुनः प्रदर्शन गरिएका छन् । तर, पुनः प्रदर्शन भएका फिल्मले बक्स अफिसमा सुखद् व्यापार गर्न सकेका देखिँदैन । हिजो शुक्रबारबाट गत वर्षको बैशाखमा २ दिनमा नै निर्माताले हलबाट उतारेको फिल्म ‘बुलाकी’ पुनः प्रदर्शनमा आएको छ । ‘जारी’सँगको भिडन्तका कारण यो फिल्मले उल्लेख्य शोज पाउन सकेको थिए । जसको कारण हल व्यवसायीले विभेद गरेको भन्दै निर्माताले रिलिजको २ दिनमै फिल्मलाई उतार्ने निर्णय गरेका थिए ।
‘बुलाकी’ले कर्णालीको संस्कृति र जीवन शैलीलाई उतारेको छ । जारी प्रथा,बेरोजगारीको समस्या, सन्तान नहुँदाको पीडा, कर्णालीको संघर्षपूर्ण जीवनलाई मियो बनाएर कथालाइ प्रस्तुत गरिउको छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, धनबहादर राई, झलनाथ खत्री, सुशील पोखरेल, लगायतको अभिनय रहेको छ । टोपेन्द्र विष्टले निर्माण गरेको यो फिल्ममा शिव ढकालको डिओपी, राजबहादुर सानेको लेखन र चलचित्र चौतारीको सम्पादन छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd