तीज विदाको अवसर पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको करिब ३ मिनेट लम्बाईको ट्रेलरमा बलात्कारजस्तो जघन्य अपराधको घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामलाई ट्रेलरमा देखाउन खोजिएको छ । अभिनेत्री शिल्पा मास्के पत्रकारको भूमिकामा छिन् । उनलाई बलात्कारको घटनामा अनुसन्धान गरेर रिपोर्ट बनाउनुपर्ने जिम्मेवारी मिल्छ । तर, प्रहरीले छानविन गरिरहेको व्यक्तिको बारेमा उनले रिपोर्टिङ गरेपछि त्यो व्यक्तिको श्रृंखलाबद्ध रुपमा हत्या हुन्छ । पछि उनी आफैंमाथि आक्रमण भएको देखाइएको छ ।
सञ्जोग राईले निर्देशन गरेको यो फिल्ममा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुब कोइराला, विशाल पहारी, निरिक्षा घतानीलगायतको पनि अभिनय रहेको छ । गौरव प्रहरीको भूमिकामा छन् । एक्जिबिट स्टुडियो र बाँसुरी फिल्मससँग सहकार्यमा रेमन गुरुङ, नारायण राई र सञ्जोग राईले निर्माण गरेको यो फिल्ममा सञ्जोग राई र अजय गौतमको लेखन जोएल फ्रोमको छायांकन,न्जेन थापाको द्वन्द्व रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd