logo

२०८३ भाद्र १० बुधबार

‘देवी’को ट्रेलर सार्वजनिक

‘देवी’को ट्रेलर सार्वजनिक

2.7K
SHARES
‘देवी’को ट्रेलर सार्वजनिक

तीज विदाको अवसर पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको करिब ३ मिनेट लम्बाईको ट्रेलरमा बलात्कारजस्तो जघन्य अपराधको घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामलाई ट्रेलरमा देखाउन खोजिएको छ । अभिनेत्री शिल्पा मास्के पत्रकारको भूमिकामा छिन् । उनलाई बलात्कारको घटनामा अनुसन्धान गरेर रिपोर्ट बनाउनुपर्ने जिम्मेवारी मिल्छ । तर, प्रहरीले छानविन गरिरहेको व्यक्तिको बारेमा उनले रिपोर्टिङ गरेपछि त्यो व्यक्तिको श्रृंखलाबद्ध रुपमा हत्या हुन्छ । पछि उनी आफैंमाथि आक्रमण भएको देखाइएको छ ।
सञ्जोग राईले निर्देशन गरेको यो फिल्ममा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुब कोइराला, विशाल पहारी, निरिक्षा घतानीलगायतको पनि अभिनय रहेको छ । गौरव प्रहरीको भूमिकामा छन् । एक्जिबिट स्टुडियो र बाँसुरी फिल्मससँग सहकार्यमा रेमन गुरुङ, नारायण राई र सञ्जोग राईले निर्माण गरेको यो फिल्ममा सञ्जोग राई र अजय गौतमको लेखन जोएल फ्रोमको छायांकन,न्जेन थापाको द्वन्द्व रहेको छ ।




सोमबार, ४ भाद्र २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go