बाबु बलामीद्वारा निर्देशित फिल्म ‘देव वाणी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘तिमीलाई सधैं भरी’ गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर रहेको छ भने भोला पौडेलको शब्द र मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ । गीतमा अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा फिर्चड छन ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा कुन्दन र अनुजा लेप्चासहित सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, मौसम पौडेल आदिको अभिनय रहेको छ । फिल्मला मीना खड्का र हिराबहादुर लेप्चाले निर्माण गरेका हुन । यो फिल्म आगामी मंसिर ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd