logo

२०८३ साउन ५ मंगलबार

‘सानो संसार’ अब असोज ११ गते देखि प्रदर्शनमा आउने

‘सानो संसार’ अब असोज ११ गते देखि प्रदर्शनमा आउने

2.2K
SHARES
‘सानो संसार’ अब असोज ११ गते देखि प्रदर्शनमा आउने

अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘सानो संसार’ अब असोज ११ गते देखि प्रदर्शनमा आउने भएको छ । पूर्वनिर्धारित प्रदर्शन मितिमा हेरफेर गर्दै निर्माताले नयाँ मिति घोषणा गरेका हुन् । यसअघि असोज १७ गते घटस्थापनामा फिल्म ल्याउने तयारी थियो । साथै यो फिल्मको निर्माता र ब्यानरमा अब ‘लुट’का निर्माता माधव वाग्ले र उनको ब्यानर प्रिन्सेस मूभिज पनि जोडिएको छ ।
अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले अब यो फिल्मलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् । सिद्धार्थ पुडासैनीले निर्देशन गरेको यो फिल्ममामाग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवीले फिल्म अभिनयमा डेब्यु गर्दैछिन् । साथै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी मुख्य भूमिकामा छन् ।




आइतबार, १० भाद्र २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go