बसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिउको १ मिनेट ४१ सेकण्र्ड को टिजरमा विवाहका लागि पात्रहरुले गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ । टिजरमा अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाह बेहुला–बेहुली बनेर देखिएका छन् । र, नीतिको घरमा जितु भित्रिएका छन् ।
मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङले निर्माण गरेको यो फिल्ममो फिल्ममा जितु र नीतिको अलावा बुद्दि तामाङ, शिशिर वाङ्देल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले लगायतको पनि अभिनय छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा एवं संवाद लेखन, श्याम तामाङको छायांकन, सञ्जय थापाको द्वन्द्व एवं अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको छ । फिल्म आगामी असोज २४ गते (फूलपाती)बाट प्रदर्शनमा आउँदैछ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd