logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • “१२ गाउँ“बाट नयाँ नायकको उदय

    “१२ गाउँ“बाट नयाँ नायकको उदय

    1.2K
    SHARES
    “१२ गाउँ“बाट नयाँ नायकको उदय

    फिल्म रिलिजको पूर्व कसैले आन्कलन नगरेको सफलता हासिल गरेपछी नेपाली सिनेमा छेत्रमा विराजका छोरा समीर भट्टको फिल्म ‘१२ गाउँ’बाट जबर्जस्त रुपमा उदय भएको छ ।एउटा नायक हुनका लागि चाहिने हरेक बिधामा प्रशिक्षण लिएर समिर फिल्म छेत्रमा प्रवेश गरेका छन । फिल्ममा समिरको सबैभन्दा बढी एक्सनलाई दर्शकले मन पराएका छन । समिरको द्रिस्य सम्वादमा पनि राम्रो पकड रहेको छ । यसका साथै समिरको नृत्य र सुगठित शरीरलाई दर्शकले रुचाएका छन् । बिराजको मार्गदर्शनमा लोभ्लाग्दो डेब्यु समिरको भएको छ । समिरले आफुलाई यसरी प्रस्तुत गरेर सफल हुनुमा बुवाको फिल्मप्रती समर्पण र मिहेनत रहेको बताएका छन । पहिलो फिल्म नै ‘ब्लकबस्टर’ भएकाले सम्भवतः अब समीरले केही वर्ष फिल्म पाउन समस्या रहनेछैन । उनको माग चुलिन थालिसकेको छ । त्यसो त समीरको पहिलो फोटो बाहिरिएदेखि नै धेरै मेकरहरु उनलाई लिएर फिल्म बनाउन इच्छुक देखिएका थिए । कतिपय भने ‘१२ गाउँ’को व्यापारिक नतिजा र समीरको काम हेरेपछि मात्र निर्णय लिने सोचमा थिए । अब उनलाई लिएर फिल्म बनाउन मेकरहरुलाई ’१२ गाउँ’ले भरोसा दिलाएको छ । पिताले झैँ उनले एक्सन बाटो नै रोजेका छन् । ‘१२ गाउँ’बाट दर्शकले उनलाई ‘एक्सन नायक’को रुपमा अनुमोदन पनि गरिसकेका छन् । करिब एक दशकदेखि एक्सन फिल्म र एक्सन हिरोको अभावलाई अब समीरले केही हदसम्म परिपूर्ति गर्न सक्ने देखिन्छ । उनको आगमनले अब एक्सन फिल्मको लहर आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । यसैले समीरलाई लिएर फिल्म क्षेत्रले ठूलो अपेक्षा राखेको छ ।



    ‘१२ गाउँ’मा काम गर्नुभन्दा अगाडि नै समीरले निर्देशक तथा निर्माता सन्तोष सेनको फिल्म ‘बलिदान’ सम्झौता गरेका थिए । पहिला यही फिल्मलाई रिलिज गर्ने तयारी थियो । तर, निर्माणमा ढिलाई हुँदा ‘१२ गाउँ’बाट समीरको डेब्यु भयो । यो फिल्मको सफलताले ‘बलिदान’लाई पनि ठूलो फाइदा पुग्ने अनुमान लगाउन सकिन्छ ‘१२ गाउँ’ले प्रदर्शनको दिनदेखि देशभर प्राप्त अधिकांश सोजमा उच्च अकुपेन्सी कायम गरेको छ ।। सिंगल थिएटर होस् वा मल्टीप्लेक्स, जताततै फिल्मले ठूलो मात्रामा दर्शक भित्राएको छ । सम्भवतः एक दशकपछि एक्सन फिल्म हेर्न हलमा यो किसिमको दर्शक देखिएका हुन् । फिल्मले हरेक दिन एक करोड हाराहारीको व्यापार गर्दै आइरहेको छ । फिल्मको सोज संख्या थपिने क्रम जारी छ


    सोमबार, ५ कार्तिक २०८१
    सम्बन्धित समाचार
    Go