logo

२०८३ असार ३२ बिहिबार

‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक

‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक

3.2K
SHARES
‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक

आगामी कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको एक मिनेट लम्बाईको संवादविहीन टिजरमा प्रेम, द्वन्द्व र रहस्यलाई प्रस्तुत गरिएको छ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई पछ्याएको टिजरमा उनीहरुको सम्बन्धमा आउने उतार(चढावलाई देखाइएको छ । टिजरको अन्त्यमा नाजिरलाई सृष्टिले बन्धक बनाएको दृश्य छ, जहाँ उनी नाजिरको घाँटीमा चक्कु राखेर रिसाहा भावमा देखिएकी छन् ।



३२ वर्षअघिको डकु(ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेको यो फिल्ममा उनी स्वयंकै स्क्रिप्ट लेखन रहेको छ भने यसमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल लगायतको अभिनय रहेको छ । फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा राजीव कर्णको कोरियोग्राफी रहेको छ ।


सोमबार, ५ कार्तिक २०८१
सम्बन्धित समाचार
Go