logo

२०८३ जेष्ठ १९ मंगलबार

logo
  • मंगलबार, १९ जेष्ठ २०८३
  • विचरा सन्तोष

    विचरा सन्तोष

    • kollywood_khabar
    • आइतबार, ११ कार्तिक २०८१
    5.1K
    SHARES
    विचरा सन्तोष

    घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिरहेका दशैंका दुई फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’का निर्माताबीच शितयुद्ध जारी छ । रिलिजपूर्व ‘छक्का पञ्जा ५’का हरेक प्रचार सामाग्रीमा ‘१२ गाउँ’को मात्र नाम आएपछि कलाकार दीपकराज गिरीले त्यसलाई ‘साइबर सेना’को संज्ञा दिएका थिए । ‘साइबर सेना’को विषय सेलाउने अझै छाँटकाँट देखिएको छैन । हालै एपीवान टिभीबाट प्रशारित ‘द प्रकाश सुवेदी शो’मा कार्यक्रम सञ्चालक प्रकाश सुवेदीको प्रश्न र अतिथि बनेर पुगेका कलाकार दीपकराज गिरीको अभिव्यक्तिले यो प्रकरणमा घ्यू थप्ने काम गरेको छ । त्यहाँ ‘कुन रुपमा चिन्नुहुन्छ ?’ भन्ने सेक्सनमा निर्माता सन्तोष सेनको तस्वीर देखाइएको थियो । पत्रकार सुवेदीले सोधे ‘अहिले त उहाँलाई कमान्डर पनि भन्दा रहेछन् नि, हो ?’ कमान्डर भनेर उनले ‘साइबर सेना’को कमान्डर भनेका हुन। दीपकराज समूहमाथि भएको साइबर आक्रमणको योजनाकार सन्तोष हुन् भन्ने बजारको हल्लालाई होकी होइन भन्ने प्रमाणित गर्न यो प्रश्न सोधिएको थियो। जवाफमा दीपकराजले पनि आफूले त्यही सुनेको प्रतिक्रिया दिए ।दीपकले भने, ‘उहाँ कमान्डर हो भन्ने कुरा मैले पनि सुनेको छु । ठीक छ, कमान्डिङ राम्रो छ । त्यो सकारात्मक कमान्डिङ रहोस् ।’ पत्रकार सुवेदीले फेरि सोधिहाल्ने, ‘तपाईंले अहिले जति गाली खाइरहनुभएको छ, त्यसमा सबैभन्दा ठूलो हात उहाँको हो ?’ दीपकराजले यसलाई नकार्न सकेनन् । आफूले त्यही सुनिरहेको जवाफ फर्काउँदै उनले करिअरको यो क्षणमा आएर कसैले आफूमाथि प्रहार गरेको हो भनेर दाबी गर्न नैतिकताले नदिने बताए ।
    उनी भन्छन्, ‘मेरो कानमा चाहिँ आएको छ । तँविरुद्ध क्याम्पेनिङ ग¥यो भन्छन् । तर, म सुनेको भरमा दौडिन्नँ । यदि हो भने पनि ठीक छ नि ! तर, म होइन भन्छु । मलाई ‘छक्का पञ्जा ४’मा उहाँले नैतिक बल दिनुभएको थियो ।’ दीपकराजले ‘बलिदान’का लागि निर्माता सेनले आफूलाई प्रस्ताव गरेको पनि खुलासा गरे । तर, एक्सन फिल्म गर्न आँट नआएको उनको भनाई छ ।
    उक्त अन्तर्वार्तामा आफूलाई ‘साइबर सेना’को कमान्डरको रुपमा चित्रित गरिएपछि निर्माता सेनले आपत्ति जनाएका छन् । उनले बुधबार सामाजिक सञ्जालमा २५ मिनेट लामो भिडियो सेअर गर्दै बिना प्रमाण लाल्छना नलगाउन चेतावनी दिएका छन् । आफूबाट यो काम भएको रहेछ भने जेल जान तयार रहेको उनको भनाई छ ।
    उनले भनेका छन्, ‘जसले उहाँहरुलाई भनेको हो, उसलाई कारबाही त गर्नुपर्छ । प्रकाश दाईलाई कसले भनेको हो त्यो मान्छे पनि ल्याउनुप¥यो अनि दीपक दाईले पनि मैले सुनेको हो भन्नुभएको छ । उहाँलाई सुनाउने मान्छे पनि ल्याउनुप¥यो । मान्छेलाई त्यतिकै लाल्छना लगाउन त मिल्दैन नि । यदि मैले गरेको हो भने मलाई थुन्नुप¥यो । गाली गर्ने समूह बनाएर मान्छेलाई डिप्रेसनमा पार्न सुहाउँछ मलाई ? त्यो हो भने मलाई थुन्नुपर्छ । मलाई जेल हाल्नुपर्छ । म जेल जान तयार छु ।’
    ‘१२ गाउँ’ हेर्न हलमा उर्लिएका दर्शकलाई ‘साइबर सेना’ र ‘साइबर स्याल’ भनेर अपराधी करार गरिएको सेनको तर्क छ । भन्छन्, ‘प्रकाश दाई र दीपक दाईले कोबाट सुन्नुभएको हो, त्यसलाई उभ्याउनुप¥यो । उसलाई उभ्याएपछि जरासम्म त पुगिन्छ नि । अहिलेको डिजिटलको समयमा कहाँबाट परिचालन भएको हो, सबै थाहा हुन्छ । उहाँहरुले त दर्शकलाई अपराधी बनाउनुभयो ।’
    ‘१२ गाउँ’बाट उदाएका अभिनेता समीर भट्ट आफ्नो हिरो भएकाले बढी सपोर्ट गरेको उनी निर्धक्क स्वीकार गर्छन् । तर, ‘छक्का पञ्जा ५’ पनि चल्नुपर्छ भन्ने आफूले चाहेको सेनले बताएका छन् । ‘छक्का पञ्जा ४’को बेलामा पनि आफूले धेरै सहयोग गरेको उनले स्मरण गरे । उनलाई समीरको उदय भएकोमा फिल्म क्षेत्रका व्यक्तिहरु खुसी छैनन् भन्ने लाग्छ । तर, अब विश्वमा नेपाली फिल्मलाई चिनाउने एक मात्र कलाकार समीर रहेको उनको दाबी छ ।


    आइतबार, ११ कार्तिक २०८१
    सम्बन्धित समाचार
    छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आजदेखि सुरु भएको छ ।  चलचित्र विकास बोर्डको सहकार्य तथाआदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा बोर्डको सभाहलमा महोत्सव सुरु भएको हो । ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।  महोत्सवको चलचित्र विकास बोर्डका अध्यक्ष तथा प्रमुख अतिथि दिनेशराज दाहालले मैनबत्ती बालेर उद्घाटन गरे । उद्घाटन समारोहमा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।  आयोजकका अनुसार महोत्सव चलचित्र प्रदर्शनमा मात्र सीमित छैन । यसलाई आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोकज्ञान र सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यमबाट पुनःस्थापित गर्ने अभियानका रूपमा लिइएको छ ।  महोत्सवको पहिलो दिन लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित ‘तङसिङ’, निमा लामा तामाङ निर्देशित ‘ह्याङ तामाङ’ र बिपना तामाङ भुजेल निर्देशित ‘निको पहिचान’ प्रदर्शन गरिएको छ ।  महोत्सवमा नेवारी, गुरुङ, मगर, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ ।  कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित ‘रीत’, अमृतमान महर्जन निर्देशित ‘स्वयनगु’, जनक गुरुङ निर्देशित ‘ङोल्स्यो रामरानी’ र अशोक आले मगर निर्देशित ‘दिलसरा’ प्रदर्शन हुनेछन् ।  यस्तै लघु चलचित्रतर्फ हुतबहादुर तामाङ निर्देशित ‘दुखला ग्यम’, परशुराम चौधरी निर्देशित ‘जाइछै सौसरा’ र विशाल रोक्का मगर निर्देशित ‘लाहुरेनी’ समावेश छन् ।  वृत्तचित्रतर्फ अनिल मगर निर्देशित ‘आग्रे’, होमकुमारी माझी निर्देशित ‘लदि पूजा’ तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचीन राजवंशी’ प्रदर्शन गरिनेछ ।  महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
    ताजा अपडेट
    Go