logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • सानो संरार रिलिज

    सानो संरार रिलिज

    • kollywood_khabar
    • आइतबार, ११ कार्तिक २०८१
    1.1K
    SHARES
    सानो संरार रिलिज

    २ दिनको अबिरल बर्षाले सम्पूर्ण जन्जीवन प्रभाभित भएपछी फिल्म ‘सानो संसार’का निर्माताले प्रदर्शनको दुई दिनमै रिलिज स्थगित गरेका थिए। आफ्नो लगानी सुरक्षित गर्न पनि यो निर्णय लिन जरुरी थियो । मानिशहरुलाई सामान्य आवतजावत गर्न समेत समस्या भयो । यस्तो बेलामा फिल्म हेर्ने कुरा कसैको पनि प्राथमिकतामा नपर्नु स्वभाविक हो । बाढि पहिरोको अवस्थाले गर्दा चल्न नसकेको फिल्म यहि शुक्रबारबाट पुनः प्रदर्शनमा आउँदैछ । निर्माण कम्पनी प्रिन्सेस मुभिजले विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराएको थियो। कात्तिक ९ गते अन्य कुनै नेपाली फिल्म छैनन् । प्रदर्शनपूर्व काठमाडौंमा गरिएको प्रिमियरमा ‘सानो संसार’ले राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयको प्रशंसा भएको थियो । तर, रिलिजकै दिनदेखि देशभर पानी पर्दा हलमा फिल्म हेर्ने दर्शक शून्य बराबर थिए । यसपछि फिल्मको प्रदर्शन नै स्थगित गर्न निर्माता बाध्य भए । यो फिल्मले फेरी प्रचार–प्रसार गरिराखेको छ । अब दर्शकले फिल्मलाई कुन रुपमा साथ दिने हुन त्यो आगामी दिनहरुमा फिल्मले गर्ने व्यापार र दर्शकले दिने प्रतिकृयामा भर पर्छ निर्माता अर्जुन कुमारका अनुसार यो फिल्म हरेक मध्यम वर्गिय घरको कथा हो फिल्मको कथाबस्तुसँग जो कोहीले जोडीन सक्ने उन्को दावी छ । फिल्मको गीत ’मग मग फुलबारि’ लाई पनि दर्शकले रुचाएको छन । फिल्मको ट्रेलरलाई पनि दर्शकको राम्रो प्रतिकृया प्राप्त भएको छ । सहरमा कोठा भाडामा लिएर बस्ने एक परिवारले सपना पूरा गर्न खाने अनेकन हण्डर र ठक्करको कथामा फिल्मको कथा घुमेको छ । फिल्मको दोस्रो पटक पनि प्रिमियर गरिएको छ। फिल्मलाई दोस्रो प्रिमियरमा पनि उपस्थित चलचित्रकर्मीहरुबाट राम्रो प्रतिकृया प्राप्त भएको छ । फिल्मले हलहरुमा पर्याप्त सो भने पाएको छैन । दशैमा रिलिज भएका फिल्मको व्यापार अझै आक्रमक भएकाले पनि फिल्मले पर्याप्त सो पाउन नसकेको देखिन्छ ।




    आइतबार, ११ कार्तिक २०८१
    सम्बन्धित समाचार
    Go