logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक

    ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक

    • kollywood_khabar
    • आइतबार, ११ कार्तिक २०८१
    1.1K
    SHARES
    ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक

    फिल्म ‘तेल भिसा’को प्रदर्शन मिती नजिक रहेकोले फिल्म प्रचार समाग्री सार्वजनिक भहिरहेको छ । ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीतपछि मंगलबार फिल्मको तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ । अमेरिकामा छायान्कन भएको गीतमा अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा अवसरमा भएको रमाइलो नाचगानलाई प्रस्तुत गरिएको छ । अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर नृत्य गर्दै प्रस्तुत छन् भने फिल्मका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेलाई पनि भिडियोमा देख्न सकिन्छ ।आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ । यसमा विपिनले बुबा र छोराको गरी दोहोरो भूमिकामा अभिनय गरेका छन् । ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको ‘तेल भिसा’को निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् । प्रिन्स युवराज कार्की र श्रुती दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । यस फिल्ममा सुशन प्रजापतिको छायांकन रहेको छ । ऋचाले १० वर्षपछि फिल्म क्षेत्र यही फिल्म मार्फत फर्किदैछिन । यो फिल्ममा अमेरिकामा बसोबाश गर्ने थुप्रै नेपाली कलाकारले काम गरेका छन । निर्देशक शंकर घिमिरेको पनि यो कमब्याक फिल्म हो । करिब १२ वर्षपछि निर्देशनमा पुनरागमन गरेका शंकर घिमिरेको यो आफ्नो ५ औं फिल्मको रुपमा ‘तेल भिसा’ प्रदर्शनमा आउँदैछ ।




    आइतबार, ११ कार्तिक २०८१
    सम्बन्धित समाचार
    Go