logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • १० वर्षपछि ‘महजात्रा’ नामक प्रहसन

    १० वर्षपछि ‘महजात्रा’ नामक प्रहसन

    468
    SHARES
    १० वर्षपछि ‘महजात्रा’ नामक प्रहसन

    हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले करिब १० वर्षपछि ‘महजात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिन सुरु गरेका छन्। मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको प्रहसन कार्तिक २९ गते बिहीवार देखी राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानमा सुरु भएको छ। मीरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको महजात्रा अब कात्तिक मंसिर १७ गते हुनेछ ।‘महजात्रा’ प्रहसनमा मह जोडीसहित कलाकारहरू राजाराम पौडेल, किरण केसी, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ र दिनेश काफ्ले लगायत हास्यकलाकारले प्रस्तुति दिइरहेका छन्।
    महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जब मञ्चमा उक्लिन्छन्, तब माहोल हाँसो र व्यंग्यले गुल्जार बन्न थाल्छ । समाज र राजनीतिक प्रवृत्तिलाई उनीहरुले जसरी कटाक्ष गर्छन्, यसले दर्शकलाई सोच्न बाध्य तुल्याउँछ । महजात्रामा यमलोक, गाँठो, धुम्कुती पाक्दुम भजन जस्ता चोटिला रसिला प्रहसन भइरहेका छन् । महका साथमा किरण केसी, राजाराम पौड्याल, शिवहरि पौड्याल, यमन श्रेष्ठ लगायतको प्रस्तुतिले दर्शकलाई पेट मिचीमिची हँसाउँछ ।
    स्ट्यान्डअप कमेडी, हास्य अभिनय, संगीतको शैलीमार्फत महजोडीका साथै अन्य कलाकारले दर्शकलाई पौने तीन घण्टा मनोरञ्जन दिने गरी यो कार्यक्रम भहिरहेको छ । हास्यव्यङ्ग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्दै नेपाली समाजका परम्परा, राजनीतिक, सामाजिक संरचना तथा सांस्कृतिक कुरीतिहरूप्रति व्यङ्ग्य गर्नु ‘महजात्रा’को मुख्य लक्ष्य रहेको बताइएको छ ।




    आइतबार, १६ मंसिर २०८१
    सम्बन्धित समाचार
    Go