logo

२०८३ भाद्र ७ आइतबार

‘बेहुली’ले दोस्रो गीत सार्वजनिक

‘बेहुली’ले दोस्रो गीत सार्वजनिक

208
SHARES
‘बेहुली’ले दोस्रो गीत सार्वजनिक

भदौ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली’ले दोस्रो गीत सार्वजनिक गरेको छ । पहिलो गीत ‘दिलमा ठाउँ छ’ युट्युबमा १ करोड भ्यूजको नजिक पुगिरहेका बेला निर्माण पक्षले रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक गरेको हो ।



सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत छ । उदय राज पौडेलले गीत एरेन्ज गरेका हुन् ।

गीतको भिडियो भारतका रमणीय स्थल दार्जिलिङ, मिरिक र सिक्किममा खिचिएको हो । उत्सव दाहालको छायांकन र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा पारस बम ठकुरी र दिव्या रायमाझीलाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ । कथाको भाव र दृश्यको आवश्यकतालाई ध्यानमा राखेर भारतका ती स्थान रोजिएको संगीतकार पोखरेलले बताएका छन् ।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको ‘बेहुली’मा पारस र दिव्याका अलावा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता तथा प्रताप शमशेर राणा निर्माता छन् । शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता हुन् । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन् ।

नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक छन् । योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशकका रूपमा रहेका छन् ।

यमप्रसाद ओली प्रोडक्सन हेड रहेको चलचित्रमा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप तथा एलेक्स बासुकलाको पहिरन डिजाइन छ । काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले चलचित्र वितरण गर्नेछन् । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ ।


आइतबार, ७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go