logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • बालक सचिन परियारको निधन

    बालक सचिन परियारको निधन

    182
    SHARES
    बालक सचिन परियारको निधन

    सामाजिक सञ्जालमा भाइरल बालक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् ।
    स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन नसक्ने अवस्था भयो। उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ । उनी १३ वर्षका थिए ।अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण कमजोर भएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर ठीक भएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।
    सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभावको कारणले उपचार गर्न नसकेको बताउदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।
    मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।




    बिहिबार, १८ पुष २०८१
    सम्बन्धित समाचार
    Go