logo

२०८२ माघ १२ आइतबार

logo
  • आइतबार, १२ माघ २०८२
  • चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र संग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा प्रदान

    चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र संग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा प्रदान

    • kollywood_khabar
    • मंगलबार, १९ कार्तिक २०८२
    403
    SHARES
    चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र संग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा प्रदान

    । चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र संग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा प्रदान गरिएको छ।

    नेपाली चलचित्र क्षेत्रमै पहिलो पटक चलचित्र सम्पदालाई व्यवस्थित रूपमा संग्रह गर्ने लक्ष्यका साथ बोर्डले चलचित्र संग्राहलयको तयारी तीव्र पारेको छ।
    १६ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा हस्तान्तरण गरेका हुन्। क्यामेरा बोर्डका अध्यक्ष दिनेश डिसीले ग्रहण गरेका हुन्।
    उपकरण ग्रहण गर्दै अध्यक्ष डिसीले चलचित्र क्षेत्रको ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा यो सहयोग महत्वपूर्ण थपिएको बताए।
    “चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ,” उनले बताए।
    संग्राहलयमार्फत नेपाली चलचित्रका पुराना क्यामेरा, उत्पादन उपकरण, फिल्म पोस्टर, संगीत सामग्री, पटकथा, पुरस्कार–सम्मान लगायतका ऐतिहासिक सम्पदा संरक्षित गरिने बोर्डले जनाएको छ। यो क्यामेरा बाट नेपाली चलचित्र “मायाज बार”, “छ एकान छ”, “अझै पनि” लगाएतका चलचित्रहरु छायांकन गरिएको थियो ।
    क्यामेरा प्रदान गरेका बुढाथोकीले नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन सहयोग गरेकोमा आत्मसन्तुष्टि भएको बताए। दागंबाट राजधानीमा चलचित्र व्यवसाय गर्न आएका उनको कम्पनीले हाल चलचित्र निर्माणको लागि भाडामा उपकरण तथा पोष्ट प्रोडक्सनको व्यवस्थापन गर्दै आएको छ । सिनेफोकस अत्याधुनीक लाईट तथा उपकरणमा अब्बल मानिन्छ ।
    “चलचित्र क्षेत्र हाम्रो पहिचान हो। यसको इतिहासलाई सुरक्षित राख्नु सबैको दायित्व हो,” उनले बताएका हुन्। उक्त हस्तान्तरण समारोहमा चलचित्र पत्रकार संघका समिर बलामी तथा महासचिव रघुनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।


    मंगलबार, १९ कार्तिक २०८२
    सम्बन्धित समाचार
    Go