logo

२०८३ भाद्र २३ मंगलबार

राजु लामाले माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण

राजु लामाले माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण

975
SHARES
राजु लामाले माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण

लोकप्रिय पप गायक, मङ्गोलियन हार्ट ब्यान्डका प्रमुख स्वर तथा ‘द भ्वाइस अफ नेपाल’का निर्णायक राजु लामाले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले ५,६४२ मिटर उचाइको एल्ब्रसको चुचुरोमा पुगेको जानकारी दिएका हुन्। यो सफलता आफ्नो ‘सेभेन समिट्स च्यालेन्ज’ अन्तर्गतको तेस्रो सफल आरोहण भएको पनि उनले उल्लेख गरेका छन्।

राजुले हिमाल र प्रकृतिसँग आफूलाई गहिरो आत्मीयता रहेको बताउँदै शिखरमा पुगेपछि प्राप्त भएको अनुभूति शब्दमा बयान गर्न कठिन भएको प्रतिक्रिया दिएका छन्।

उनका अनुसार सात नेपाली आरोहीको टोलीसँग गरिएको यो अभियान स्मरणीय बनेको छ। टोलीले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनबारे सचेतना फैलाउने उद्देश्यका साथ एल्ब्रस आरोहण गरेको हो। पृथ्वी संरक्षणको सन्देश विश्वभर पुर्‍याउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको उनले बताएका छन्।


शुक्रबार, २६ असार २०८३
सम्बन्धित समाचार
Go