logo

२०८३ भाद्र २३ मंगलबार

सलमान खानको नयाँ लुकले बढायो चासो, स्वास्थ्यबारे सामाजिक सञ्जालमा अड्कलबाजी

सलमान खानको नयाँ लुकले बढायो चासो, स्वास्थ्यबारे सामाजिक सञ्जालमा अड्कलबाजी

494
SHARES
सलमान खानको नयाँ लुकले बढायो चासो, स्वास्थ्यबारे सामाजिक सञ्जालमा अड्कलबाजी

बलिउड सुपरस्टार सलमान खानको पछिल्लो सार्वजनिक उपस्थितिले उनका शुभचिन्तक र फ्यानहरूलाई चिन्तित बनाएको छ । हालै बाहिरिएको तस्बिर र भिडियोमा उनी पहिलेको तुलनामा निकै दुब्लो, कमजोर र उमेरले बढी छोएको जस्तो देखिएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी सुरु भएका छन् ।

कतिपयले उनको स्वास्थ्यमा गम्भीर समस्या आएको हुन सक्ने अनुमान गरेका छन् भने केहीले भने यो कुनै आगामी फिल्मका लागि अपनाइएको ‘क्यारेक्टर लुक’ हुन सक्ने बताएका छन् । यद्यपि, यस विषयमा सलमान वा उनको टिमबाट कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।

उनको नयाँ भिडियो भाइरल भएसँगै एक्स (पूर्व ट्विटर) मा प्रतिक्रिया आउने क्रम तीव्र बन्यो। एक प्रयोगकर्ताले सलमानले पहिलेजस्तो आफ्नो स्वास्थ्य र फिटनेसमा ध्यान दिन छाडेको टिप्पणी गरेका छन् । अर्का प्रयोगकर्ताले भने उनको बदलिएको रूपलाई उमेरसँग जोड्दै हल्का व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् ।

यसैबीच सलमान खानले सामाजिक सञ्जालमा गरेको एउटा छोटो पोस्टले झन् धेरैको ध्यान खिचेको छ । उनले केवल, ‘तपाईँहरूको स्वास्थ्य कस्तो छ?’ भन्ने सन्देश पोस्ट गरेका छन् ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले यो पोस्टलाई उनको स्वास्थ्यबारे भइरहेको चर्चाप्रतिको अप्रत्यक्ष प्रतिक्रिया भएको रूपमा व्याख्या गरेका छन्। यद्यपि, सलमानले आफ्नो स्वास्थ्य वा भाइरल भिडियोबारे प्रत्यक्ष रूपमा कुनै टिप्पणी नगरेकाले उनको अवस्थाबारेका जिज्ञासा भने अझै कायम छन् ।


सोमबार, ४ साउन २०८३
सम्बन्धित समाचार
Go