logo

२०८३ साउन १० आइतबार

देउडा गायिका विपना सिंहलाइ १० प्रश्न

देउडा गायिका विपना सिंहलाइ १० प्रश्न

533
SHARES
देउडा गायिका विपना सिंहलाइ १० प्रश्न

देउडा गायिका विपना सिंहलाइ १० प्रश्न



१. कर्णालीबाट काठमाडौं आउँदासम्मको यात्रा कस्तो रह्यो ?

अब मेहनत भनौ भनेपछि त अब कर्णाली भनिसकेपछि त भौगोलिक हिसाबले पनि एकदमै टाढा रहेको छ हैन अब हामीले गीत गाउनको लागि अलिकति कलाकार हो भनेर चिन्नको लागि चाहिँ हामीले राजधानीमै आउनुपर्छ र राजधानीमा आउनको लागि सुर्खेत देखि काठमाडौँको प्लेन टिकट १०००० छ भनेपछि अब सुर्खेतबाट कालिकोट त अस्ति भर्खरै पनि दुर्घटना भयो गाडी बाटो त्यस्तै छ थाहा नै छ। मृतक प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्न चाहन्छु। अलि ै छ त्यताबाट यता आएर अलि खुश पनि लाग्छ कतिबेला चाहिँ अब धेरैले आफ्ना भोगाईहरु अनुभवहरु बिसाउने ठाउँ पाउनु भएको छैन अनि हजुरहरुले यस्तो अवसर दिइराख्नु हुन्छ हामीलाई अनि एकदमै खु लाग्छ हजुर।

. गीत संगीतको क्षेत्रमा लागेर यति धेरै माया पाउँछु भन्ने सोच्नुभएको थियो ?

धेरै माया पाउछु त सोचेको थिएन तर गीत संगीतको क्षेत्रमा चाहिँ स्थापित हुने सोच चाहिँ थियो मेरो किनभने म मामा घरको स्कुलमा पढेको हो त्यहाँ पढ्दा खेरि स्कुल लेभल देखि नै मैले जे होस् अब हाम्रो तिर अहिले त यतातिर गीत गाउनु हुन्छ हाम्रो कर्णाली सुदुर पश्चिम तिर प्रत्यक्ष देउडा खेल्नुहुन्छ।

. तपाई पनि प्रत्यक्ष देउडा खेल्नुहुन्छ है ?

हजुर म प्रत्यक्ष देउडा खेल्छु देउडा खेलेर नै आएको इन्द्रेणीमा दोहोरी गाइसकेपछि चाहिँ अलि धेरैले दोहोरीमा पनि चिन्नु भयो र रुचाउनु भयो पनि तर देउडा मा चाहिँ म देउडा खेल्ने भएको कारणले चाहिँ अनि त्यतातिर अब देउडा खेल्दै गर्दा खेरि चाहिँ अब मैले यसमै स्थापित हुन सक्छु कि नाइ अब अन्य कलाकारहरुको दोहोरी हेर्ने हामी अब टिभी थियो हैन फोन मोबाइल फोन त थिएन त्यतिबेला अनि हेर्दै गर्दा खेरि चाहिँ एकदम खुशी लाग्थ्यो यस्तो हुन पाए हुन्थ्यो है जस्तो लाग्छ।

. बिपनालाई कुन पहिचानबाट चिनिँदा सबैभन्दा खुशी लाग्छ ?

मलाई गायिकाको रुपमा चिन्दिएपछि चाहिँ धेरै खुश लाग्छ होला अलि नर्मल मान्छेले बोलेको कमै कुरा सुन्नुहुन्छ अभियानमा हिडौ भनेपछि हैन अब हामीले चाहिँ अलिकति चर्चा पाइराख्दा खेरि अलिकति फ्यान फलोअर्सहरु जोडिराख्दा खेरि चाहिँ कलाकारले बोलेका कुराहरु को रेन्ज अलि धेरै हुन्छ बोल्दिदा खेरि सामाजिक संजालमा देखि लिएर हरेक कुरामा यो चा चै हो कि भन्ने हुन्छ धेरै साम पुग्छि नै त्यो भएर चाहिँ अब कलाकारिताको हिसाबमा चिनेको कारणले नै त्यता जोडिएको हो नि त।

५. सामाजिक अभियन्ताको रुपमा काम गर्दा कतिको सन्तुष्टि मिलेको छ ?

हैन म त सन्तुष्टी छु दाई एकदम सन्तुष्टी छु किनभने अब अहिले जोडी राख्दा खेरि चाहिँ अब हरेक कुरा हुन्छ नि अब उमेरले सानो देखेर हो कि हैन धेरै जनाले माया गर्नुहुन्छ कमेन्टको कुरा गरौ भने पनि एकदमै राम्रो कमेन्ट दिनुहुन्छ सुझाव सल्लाह दिनुहुन्छ त्यस्तो गाली पाएको छैन र आफ्नो कला मार्फत चाहिँ उहाहरुलाई सन्देश दिने भएको कारणले चाहिँ एक्सेप्ट गर्नुहुन्छ यो चाहिँ हो कि भन्ने गर्नुहुन्छ व्यवहारमा पनि लागु गर्नुहुन्छ त्यो भएर चाहिँ एकदमै सन्तुष्ट छु हजुर।

. सांगीतिक क्षेत्रमा कसरी लाग्नुभयो ?

सांगीतिक क्षेत्रमा चाहिँ मेरो बुवा पनि साहित्यकार हुनुहुन्छ। नाम चित्र सिंह गाउले। राजनीति तज्ञ पनि हो बुवा चाहिँ राजनीति पनि गर्नुहुन्छ हैन। त्यही भएर बाबाको अलिअलि घुड्दै सर्या रहेछ हो। अनि त्यो भएर त्यहाँ अब बुवाले पनि गाउने ममीले पनि गाउनु हुन्छ। त्यो भएर होला जस्तो लाग्छ घरमा अब भनेपछि त फ्यामिलीमै म्युजिकल इन्भइरमेन्ट हजुर।

७. पहिलो पटक गीत गाउन चाहेको कुरा गर्दा परिवारको प्रतिक्रिया कस्तो थियो ?

पहिलो चोटी चाहिँ मैले स्कुलकै प्रोग्राममा उद्घाटनको बेला चाहिँ अब त्यहाँको माननीय आउनुभएको थियो गाएको थिए मैले गीत गाउदै गर्दा खेरि मलाई पुरस्कार पनि दिनुभएको थियो त्यही ५०० ६०० कति दिनुभएको थियो अनि त्यो पुरस्कार लिएर चाहिँ मैले घरमा दिए अनि दिसकेपछि चाहिँ अब ममी बुवालाई पनि अब उसलाई चाहिँ यही क्षेत्रमा रुचि छ भनेपछि अब यतै तिर चाहिँ हामीले पनि जोडदिनु पर्छ भन्ने पर्यो होला सायद।

८. परिवारबाट म्युजिक क्षेत्रमा लाग्न कस्तो सहयोग पाउनुभयो ?

एकदमै सपोर्टेड हुनुहुन्छ।

९. समाजबाट म्युजिक क्षेत्रमा लाग्दा कस्तो प्रतिक्रिया पाउनुभयो ?

अ अब घर परिवार त एकदमै सपोर्टेड हुनुहुन्छ हैन अब समाजका कुरा गरौ भनेपछि त अब त्यो बेला अब हाम्रो तिर के भन्छन् गाइने बजाउनेहरु भन्छन हैन अनि मैले चाहिँ छोरी मान्छे देउडा खेल्दै ले गर्दा खेरि कतिपय दिन राति पनि देउडा खेल्नु पर्ने हुन्छ जादै गर्दा खेरि चाहिँ पढ्ने लेख्ने उमेरमा किन गाउन खेल्नु पर्या होला भन्ने हुन्छ के अलिकति हाम्रो तिर लोकसेवा पास गरेकाहरुले सरकारी जागिर खाएकाहरुलाई चाहिँ अलिकति हेप्ने हैन धेरै दृष्टिको फरक भनेपछि समाजले चाहिँ अलिकति लोकसेवा दिएको भए हुन्थ्यो बिपनाले पढ्ने लेख्ने उमेरमा किन यस्तो गर्नु पर्या होला भन्ने खालका कुराहरु चाहिँ सुन्नमा आउने।

१०. कर्णाली र सुदूरपश्चिमको गीत संगीतलाई एउटा ब्राण्डको रुपमा चिनिँदा कस्तो लाग्छ ?

म त त्यतिले मात्र चिनिनु हुदैन मैले त अरु गीतहरु पनि त गाको छु नि अरु प्याटर्न गीत पनि त गाइसकेको छु नि मलाई किन त्यतिमा मात्र सिमित गरियो भन्ने फिल हुन्छ।


शुक्रबार, ८ साउन २०८३
सम्बन्धित समाचार
Go