logo

२०८३ भाद्र २३ मंगलबार

‘लज्जावती’को आधिकारिक ट्रेलर सार्वजनिक

‘लज्जावती’को आधिकारिक ट्रेलर सार्वजनिक

286
SHARES
‘लज्जावती’को आधिकारिक ट्रेलर सार्वजनिक

यही साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लज्जावती’को आधिकारिक ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, जनुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, केशव रिजाल, प्रिया रिजाल, धीरेन साख्य, हिमबाला गौतम, आरआर खड्का, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ । आहा फिल्म्स प्रालिको प्रस्तुतिमा तथा केन मल्टिभिजन इन्क प्रालिको सहकार्यमा निर्माण भएको चलचित्र साउन २९ गते अर्थात् अगस्ट १४ देखि सिनेमाघरमा प्रदर्शनमा आउनेछ । चलचित्रका प्रस्तुतकर्ता सौरभ वोली हुन् भने कार्यकारी निर्माता दिनेश बुढाथोकी रहेका छन् । कमलप्रसाद शर्मा र सन्दीपकुमार रोक्का निर्माता रहेका छन् । चलचित्रको छायांकन दिव्यराज सुवेदीले गरेका छन् । संगीत बाबुल गिरी र सन्तोष बीसीको रहेको छ भने ब्याकग्राउन्ड स्कोर बाबुल गिरीले गरेका छन् । ट्रेलर साहिल खानले तयार पारेका हुन् ।


शुक्रबार, १५ साउन २०८३
सम्बन्धित समाचार
Go