logo

२०८३ साउन २६ मंगलबार

‘पच्चीस पच्चीस’ निर्माण हुने

‘पच्चीस पच्चीस’ निर्माण हुने

247
SHARES
‘पच्चीस पच्चीस’ निर्माण हुने

नयाँ नेपाली चलचित्र ‘पच्चीस पच्चीस’ निर्माण हुने भएको छ। सोमबार काठमाडौंको दरबारमार्गस्थित कासा लाउन्ज बारमा आयोजित कार्यक्रममा चलचित्रको शीर्षक, निर्माण टिम र प्रमुख कलाकार सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो। चलचित्र कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुँदैछ।



चलचित्रको निर्देशन सुब्रत आचार्यले गर्नेछन्। रंगपत्रकारिता र निर्देशन क्षेत्रमा लामो समयदेखि सक्रिय आचार्यले यसअघि ‘अधकट्टी’‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन्। विभिन्न म्युजिक भिडियो निर्देशनको अनुभवसमेत रहेका उनका लागि यो तेस्रो फिचर चलचित्र हुनेछ।

निर्माताको रूपमा कर्ण कार्की रहेका छन्। बैंकिङ, क्याफे, सलुन तथा एक्स्पोर्ट–इम्पोर्टलगायत विभिन्न व्यवसायमा संलग्न कार्कीले गत वर्ष ‘होस्टेल ३’ मार्फत चलचित्र निर्माणमा प्रवेश गरेका थिए। ‘पच्चीस पच्चीस’ उनको दोस्रो चलचित्र परियोजना हो।

चलचित्रमा अजय न्यौपानेधीरेन्द्र लाल कर्ण सह–निर्माताका रूपमा छन् भने दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माता रहेका छन्। प्रकाश कँडेलमनिषा राउत लाइन प्रोड्युसरको जिम्मेवारीमा रहनेछन्।

मुख्य भूमिकामा अबिषेक खड्काखुसी कार्की देखिने भएका छन्। उनीहरूसँगै प्रमोद अग्रहरी पनि महत्वपूर्ण भूमिकामा रहनेछन्। साथै दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा (भक्ते भाइ) ले यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गर्ने भएका छन्। ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत लोकप्रिय बनेका अमितका भिडियोहरू नेपाल, दार्जिलिङ र सिक्किम क्षेत्रमा निकै रुचाइन्छन्।

चलचित्रको कथा सुब्रत आचार्यजयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। हरि हुमागाईं छायांकन निर्देशक रहनेछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन्।

निर्माण पक्षका अनुसार चलचित्र छिट्टै फ्लोरमा जाने तयारीमा छ। सामाजिक परिवेशमा आधारित कमेडी कथामार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ। निर्देशक आचार्यले चलचित्र नेपाली समाज र माटोसँग नजिक रहने दाबी गरेका छन् भने कलाकारहरूले पनि परियोजनाप्रति उत्साह व्यक्त गरेका छन्।


मंगलबार, १९ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go