logo

२०८३ साउन २६ मंगलबार

‘कार्की साइँला’ को पहिलो गीत सार्वजनिक

‘कार्की साइँला’ को पहिलो गीत सार्वजनिक

325
SHARES
‘कार्की साइँला’ को पहिलो गीत सार्वजनिक

संविधान दिवसको अवसरमा आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘लग्यौ परान’ बोलको लोक शैलीमा आधारित गीत सार्वजनिक गरिएको हो।



गीतमा श्रेय अगस्तीबेनिशा पौडेलको स्वर रहेको छ। विष्णु नेपालीको शब्द तथा संकेत अगस्तीको संगीत रहेको गीतले ग्रामीण प्रेमको मिठास प्रस्तुत गर्ने प्रयास गरेको छ।

गीतको भिडियो पोखराको बेगनास ताल आसपासमा छायांकन गरिएको हो। भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल (मुन्द्रे)प्रियना आचार्य (मुन्नी) रोमान्टिक शैलीमा प्रस्तुत भएका छन्। उनीहरूको नृत्य आकर्षक देखिन्छ। भिडियोको कोरियोग्राफी कमल राईले गरेका हुन्। निर्माण पक्षका अनुसार यो गीत फिल्मभित्र **‘ड्रिम सिक्वेन्स’**का रूपमा समावेश गरिएको छ।

राजेन्द्र बस्नेत निर्देशित फिल्ममा जितु नेपाल र प्रियना आचार्यसँगै शुशील पोखरेल, विरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्यगणेश राजभण्डारीलगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका निर्माता बालकुमार राईनिर्भिक बञ्जारा हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन्। अनन्त राई कार्यकारी निर्माता रहेको फिल्मको कथा डम्बर राईले तयार पारेका हुन्।

फिल्मको लेखन, पटकथा तथा संवाद सविन अधिकारीशंकर धितालले गरेका छन्। डम्बर राईले छायांकन, सन्देश शाहले सम्पादन, किरण दाहालले द्वन्द्व निर्देशन गरेका छन्। संगीतमा दिप्सन लिम्बूसंकेत अगस्तीको योगदान रहेको छ भने नृत्य निर्देशन कमल राईले सम्हालेका छन्। फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन्।

लोक स्वाद, रोमान्स र ग्रामीण परिवेशलाई समेटेको ‘लग्यौ परान’ गीतले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निर्माण टिमको विश्वास रहेको छ।


मंगलबार, १९ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go