logo

२०८३ भाद्र २८ आइतबार

इलिफेन्ट्स इन द फग’ ट्रेलर सार्वजनिक

इलिफेन्ट्स इन द फग’ ट्रेलर सार्वजनिक

286
SHARES
इलिफेन्ट्स इन द फग’ ट्रेलर सार्वजनिक

भदौ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिनीहरू : इलिफेन्ट्स इन द फग’ ले आफ्नो नयाँ म्युजिकल ट्रेलर सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्दै चलचित्रको वातावरण, भावनात्मक तनाव र रहस्यमय पक्षको झलक दर्शकमाझ प्रस्तुत गरेको हो ।

सार्वजनिक ट्रेलरमा हराएकी छोरीको खोजीमा भौतारिएकी आमाको पीडा मुख्य रूपमा देखाइएको छ । गाउँमा फैलिएको जंगली हात्तीको त्रास, त्यसले निम्त्याएको भय र असुरक्षाबीच बाँच्न बाध्य समुदायको मनोदशा ट्रेलरले चित्रण गर्छ । रोचक पक्ष के भने, कथाको केन्द्रमा हात्तीको आतंक भए पनि ट्रेलरमा हात्ती प्रत्यक्ष देखाइएको छैन ।

प्रहरीसँग छोरी अप्सराको खोजीका लागि गरिएको गुहार, आफन्तबाटै उठाइएका शंकाहरू र आमाले हार नमानी गरेको संघर्षले ट्रेलरलाई भावनात्मक बनाएको छ । यसबीच भोजपुरी स्वाद मिसिएको लयमा तयार पारिएको गीत र त्यसमा तेस्रोलिंगी समुदायका व्यक्तिहरूको नृत्यले ट्रेलरलाई फरक आकर्षण दिएको छ । केही दृश्यहरूमा देखाइएको बलि चढाइरहेको संकेतले कथामा थप रहस्य र सस्पेन्स थपेको अनुभूति हुन्छ ।

यो चलचित्र अन्तर्राष्ट्रिय स्तरमै चर्चामा आएको परियोजना हो। कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले पाएको अहिलेसम्मकै उल्लेखनीय सफलतापछि ‘इलिफेन्ट्स इन द फग’ घरेलु दर्शकमाझ पनि विशेष प्रतीक्षामा परेको छ । कान्समा जुरी च्वाइस अवार्ड प्राप्त गरेपछि चलचित्रप्रति उत्सुकता झनै बढेको निर्माण पक्षको विश्वास छ ।

चलचित्रको निर्देशन अविनाश विक्रम शाहले गरेका हुन्। कथा जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवनमा आधारित छ । चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।

नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा तयार भएको यस परियोजनामा नेपालका अनुप पौडेल, फ्रान्सका जस्टिन पेचबर्टीडेमियन मेघेर्बी, जर्मनीका माइकल हेनरिक्स निर्माता रहेका छन् । सह-निर्माताको टोलीमा प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठसोहम ढकाल समावेश छन् ।

चलचित्रका चार्ल्स अडिनेट लाइन प्रोड्यूसर हुन् भने केकी अधिकारी, प्रतीक सुवेदीप्रतिभा जोशी एशोसिएट निर्माता रहेका छन्। अन्डरग्राउन्ड टकिज नेपालका तर्फबाट प्रवेश गुरुङ सह-निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराईबेन्जामिन ग्रुब्स एशोसिएट निर्माताको रूपमा जोडिएका छन् ।

निर्देशक शाहले स्वयं पटकथा लेखेका हुन्। कथा अविनाश विक्रम शाहसन्दीप बादलले तयार गरेका हुन् । ट्रेलरमा समावेश गीतमा लव कर्णको शब्द रहेको छ भने शिवानी भगतदेव अहिररावको स्वर सुन्न सकिन्छ।

यसअघि आफ्नो लघु चलचित्र लोरी’ बाट कान्समा सम्मानित भइसकेका अविनाश ‘कालो पोथी’, ‘शाम्बाला’ र सीमित शृंखला ‘सिंहदरबार’का पटकथाकारका रूपमा पनि परिचित छन् । अब ‘तिनीहरू : इलिफेन्ट्स इन द फग’मार्फत उनले निर्देशनमा आफ्नो नयाँ अन्तर्राष्ट्रिय यात्रालाई नेपाली दर्शकमाझ ल्याउन लागेका छन् ।


बिहिबार, २१ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go