logo

२०८३ भाद्र ७ आइतबार

अक्षरा’को टिजर सार्वजनिक

अक्षरा’को टिजर सार्वजनिक

117
SHARES
अक्षरा’को टिजर सार्वजनिक

निर्देशक विनयराज पौडेलको नयाँ फिल्म अक्षरा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको झन्डै २ मिनेट लामो टिजरले फिल्मको मुख्य कथावस्तु र भावनात्मक द्वन्द्वलाई दर्शकमाझ प्रस्तुत गरेको हो ।



टिजरमा अभिनेता सुशील सिटौला र अभिनेत्री न्यान्सी खड्काको पात्रलाई केन्द्रमा राखिएको छ । विवाहपछि महिलाले भोग्नुपर्ने घरेलु हिंसा र मानसिक पीडालाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको देखिन्छ ।

टिजरको कथाअनुसार न्यान्सीले एक सम्पन्न परिवारका युवकसँग विवाह गर्छिन् । सुरुवाती चरणमा सभ्य, इमानदार र जिम्मेवार देखिने युवक विवाहपछि बिस्तारै मदिराको लतमा फस्छ र श्रीमतीमाथि हिंसात्मक व्यवहार गर्न थाल्छ । त्यसपछि महिलाले सामना गर्नुपर्ने तनाव, पीडा र संघर्षलाई टिजरले भावुक शैलीमा प्रस्तुत गरेको छ ।

पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित फिल्म मन पराउने दर्शकका लागि ‘अक्षरा’ आकर्षक बन्न सक्ने संकेत टिजरले दिएको छ ।

फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यसमा सुशील सिटौला, न्यान्सी खड्का, रिस्ता बस्नेत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, रोनक खड्का, प्रीसा ढुङ्गानात्रिलोचन न्यौपानेलगायत कलाकारहरूको अभिनय रहनेछ ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गानासुग्रसेन ढुङ्गाना निर्माता रहेका छन् भने सुरज थापाकाजीसुमन ज्योति न्यौपाने कार्यकारी निर्माताको भूमिकामा छन् ।

फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् । अभिमन्यु निरवीविनयराज पौडेलले पटकथा तथा संवाद तयार पारेका छन् । दिपेन बस्न्यातको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन र गौतमराज खड्काको सम्पादन रहेको फिल्मले समाजमा विद्यमान महिलामाथिको हिंसाको विषयलाई सशक्त रूपमा उठाउने प्रयास गरेको देखिन्छ।


सोमबार, २५ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go