logo

२०८३ भाद्र २८ आइतबार

अपशब्द प्रयोग गर्नेहरूलाई इब्सल सन्ज्यालको आग्रह– ‘आफ्ना आमा, दिदीबहिनीमा समय खर्च गर्नुस्’

अपशब्द प्रयोग गर्नेहरूलाई इब्सल सन्ज्यालको आग्रह– ‘आफ्ना आमा, दिदीबहिनीमा समय खर्च गर्नुस्’

  • kollywood 1
  • शनिबार, ३० साउन २०८३
377
SHARES
अपशब्द प्रयोग गर्नेहरूलाई इब्सल सन्ज्यालको आग्रह– ‘आफ्ना आमा, दिदीबहिनीमा समय खर्च गर्नुस्’

लोक तथा देउडा गायिका इब्सल सन्ज्यालले सामाजिक सञ्जालमा आफूलाई अपशब्द प्रयोग गरेर कमेन्ट गर्नेहरूप्रति असन्तुष्टी जनाउदै सामान्य पोष्टमा समेत यस्ता कमेन्ट नगर्न आग्रह गरेकी छन । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सामान्य विषयमा बनाइएका भिडियोमा समेत नराम्रा तथा अपशब्दयुक्त कमेन्ट आउने गरेको भन्दै उनले यस्तो व्यवहारप्रति प्रश्न उठाएकी हुन् ।

सन्ज्यालले आफू पनि कसैकी छोरी, दिदी र बहिनी भएको उल्लेख गर्दै अपशब्द प्रयोग गरेर कमेन्ट गर्ने समय आफ्ना आमा, दिदीबहिनीका लागि खर्च गर्न आग्रह गरेकी छन् । उनले सामान्य कुरा गरेको भिडियोमा समेत नराम्रा कमेन्ट गर्नका लागि कुरेर बस्नेहरूको जमात रहेको बताएकी छन् ।

शनिबार, ३० साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go