logo

२०८३ भाद्र २८ आइतबार

८ प्रतिस्पर्धीलाई पछि पार्दै सुवासना बनिन् ‘भ्वाइस किड्स’ विजेता

८ प्रतिस्पर्धीलाई पछि पार्दै सुवासना बनिन् ‘भ्वाइस किड्स’ विजेता

  • kollywood 1
  • आइतबार, ३१ साउन २०८३
416
SHARES
८ प्रतिस्पर्धीलाई पछि पार्दै सुवासना बनिन् ‘भ्वाइस किड्स’ विजेता

टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को विजेता सुवासना खड्का बनेकी छन् ।
शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी सुवासनाले उपाधि हात पारेकी हुन् । उपाधिसँगै उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

उपाधि जितेपछि सुवासनाले आफूले टिम वाङ्देनलाई जसरी पनि जिताउनुपर्छ भन्ने सोचेर प्रतिस्पर्धा गरेको प्रतिक्रिया दिइन् । पहिलोपटक ‘भ्वाइस किड्स’मा कोच बनेका वाङ्देन शेर्पाले सुवासनाको नाम विजेताका रूपमा घोषणा हुँदा आफूलाई सपनाजस्तो लागेको बताए ।

फिनालेमा सुवासनासहित विभिन्न चार टिमका ८ जना प्रतियोगी उपाधिका लागि प्रतिस्पर्धामा थिए । टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोका फिनालेमा पुगेका थिए ।

ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमका होस्ट सुशील नेपालले अब ‘भ्वाइस अफ नेपाल’ सिजन ८ पनि चाँडै दर्शकमाझ आउने जानकारी दिएका छन् ।


आइतबार, ३१ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go