logo

२०८३ भाद्र २६ शुक्रबार

कान्तिपुर थिएटरमा ‘समर लभ’को उत्साहजनक सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल

कान्तिपुर थिएटरमा ‘समर लभ’को उत्साहजनक सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल

312
SHARES
कान्तिपुर थिएटरमा ‘समर लभ’को उत्साहजनक सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’लाई रंगमञ्चमा उतारिएको नाटकले कान्तिपुर थिएटरमा सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाएको छ। सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक श्रावण २९ गतेदेखि नियमित मञ्चनमा आएको हो।

मञ्चन सुरु हुनुअघि नै नाटकप्रति दर्शकको चासो देखिएको थियो। पहिलो दुई दिनका चारवटै शो तीन दिनअघिबाटै हाउसफुल भएका थिए। त्यसैगरी, भोलिका दुई शोका लागि पनि टिकट अग्रिम रूपमा बुकिङ भइसकेको जनाइएको छ।

‘समर लभ’को अर्को चर्चाको विषय अभिनेता अर्पण थापाको रंगमञ्च प्रवेश हो। चलचित्र क्षेत्रमा स्थापित थापाले यही नाटकमार्फत पहिलोपटक थिएटरमा अभिनय गरेका हुन्। नाटकमा सागर खनाल, वास्ना तिमिल्सिना, विनिता गिरि, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईं पनि अभिनयमा छन्।

कान्तिपुर थिएटर पछिल्लो समय नेपाली साहित्य, चलचित्र र रंगमञ्चलाई जोड्ने महत्वपूर्ण थलोका रूपमा अघि बढिरहेको छ। यसअघि पनि रेखा थापा, जीवन लुइँटेल, बेनिशा हमाल, शनिशा भट्टराई र मनोज गजुरेललगायत चलचित्र तथा मनोरञ्जन क्षेत्रमा परिचित कलाकारहरूले यही मञ्चबाट थिएटर यात्रा सुरु गरेका थिए।

कान्तिपुर फिल्म एकेडेमीको थिएटर प्रोडक्सनका रूपमा तयार भएको ‘समर लभ’ बुधबारबाहेक हरेक दिन दिउँसो १ः१५ र साँझ ५ः१५ बजे प्रस्तुत हुँदैछ। करिब १ घण्टा ५० मिनेट लामो नाटकका लागि अनलाइन टिकट बुकिङको व्यवस्था गरिएको छ।

यसैबीच, कान्तिपुर थिएटरको सफल नाटक ‘सेतो धरती’लाई काठमाडौं बाहिर पनि लैजाने तयारी भइरहेको छ। विराटनगर, पोखरा र चितवनमा समेत यसको मञ्चन गर्ने तयारीसँगै काठमाडौंमा ‘समर लभ’ र मोफसलमा ‘सेतो धरती’मार्फत नेपाली रंगमञ्चको पहुँच थप विस्तार गर्ने लक्ष्य थिएटरले लिएको छ।


आइतबार, ३१ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go