logo

२०८३ भाद्र २३ मंगलबार

‘यानीमाया’को छायांकन औपचारिक रूपमा सुरु

‘यानीमाया’को छायांकन औपचारिक रूपमा सुरु

208
SHARES
‘यानीमाया’को छायांकन औपचारिक रूपमा सुरु

अभिनेता पल शाहले निर्माणको जिम्मेवारीसमेत सम्हालेको फिल्म ‘यानीमाया’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। शुक्रबार काठमाडौंको गागलफेदीमा शुभसाइत गरेसँगै फिल्मको छायांकन थालिएको हो।

निर्माण टोलीले काठमाडौंमा १० दिन काम गर्नेछ। त्यसपछि पर्वत प्रस्थान गरेर थप २५ दिन छायांकन गर्ने तयारी छ। यससँगै फिल्मको सम्पूर्ण छायांकन ३५ दिनभित्र सक्ने लक्ष्य निर्माण पक्षले लिएको छ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा पल शाह र अञ्जना मगर मुख्य भूमिकामा छन्। म्युजिक भिडियोमा यसअघि सहकार्य गरिसकेको यो जोडी पहिलोपटक फिल्ममा सँगै देखिन लागेको हो। फिल्ममा शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायत कलाकार पनि जोडिएका छन्।

पल शाह फिल्म्सको ब्यानरमा निर्माण हुने ‘यानीमाया’मा पल शाहसँगै चन्द्र ज्योति आले निर्माता छन्। नवराज उप्रेतीको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन र रेनिश फागोको रंग संयोजन रहनेछ। फिल्मलाई आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर प्रदर्शन गर्ने घोषणा गरिएको छ।

यसअघि ‘यानीमाया’को निर्देशन विकास सुवेदीले गर्ने तयारी थियो। वर्कसपका लागि कलाकारसहितको टोली ढोरपाटनसम्म पुगे पनि छायांकन सुरु हुनुअघि नै निर्माता र निर्देशकबीच सिर्जनात्मक मतभेद उत्पन्न भएपछि विकास परियोजनाबाट अलग भएका थिए।

त्यसपछि पल शाहको आग्रहमा ओम प्रतीकले निर्देशनको जिम्मेवारी सम्हालेका हुन्। निर्देशक परिवर्तनसँगै नयाँ टिमले फिल्मको छायांकन अघि बढाएको छ।


आइतबार, ३१ साउन २०८३
सम्बन्धित समाचार
Go