logo

२०८३ भाद्र २३ मंगलबार

प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक

प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक

364
SHARES
प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक

गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्कीको अभिनय देख्न सकिन्छ। प्रेमभावमा आधारित भिडियोले एकतर्फी प्रेम, त्यसले ल्याउने परिवर्तन र प्रेम प्राप्तिको प्रतीक्षालाई कथामार्फत प्रस्तुत गरेको छ।

खुसीप्रति आकर्षित गौरव उनको प्रेममा परेपछि आफूलाई परिवर्तन गर्दै अघि बढ्छन्। तर उनको प्रेमले पूर्णता पाउँछ कि पाउँदैन भन्ने कौतुहललाई भिडियोको मुख्य विषय बनाइएको छ। कथाकार शान बस्न्यातले भिडियोको कथा तथा पटकथा तयार गरेका हुन्।

अस्मिता रुचालको शब्दमा तयार गीतमा प्रकाश सिलवालकै स्वर र सङ्गीत रहेको छ। सरल तथा मनछुने शैलीमा तयार गरिएको गीतको भिडियो प्रकाश सिलवालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गायक सिलवालले प्रेमले मानिसको जीवनमा पार्ने प्रभाव र ल्याउने परिवर्तनलाई गीतमार्फत व्यक्त गरिएको बताए।

घामपानी पिक्चर्स प्रोडक्सनको निर्माणमा तयार भिडियोमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा ‘चरी’, युवक लामा ‘घाइते’, कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने, सुजाता तिमल्सिनालगायत कलाकारको अभिनय छ।

भिडियोमा प्रेमीको भूमिकामा देखिएका गौरव विष्टले गीतको भावअनुसार आफ्नो चरित्रलाई जीवन्त बनाउने प्रयास गरेका छन्। पछिल्लो समय सम्भावना बोकेको अभिनेताका रूपमा परिचित गौरवले भिडियोमा प्रेमको भाव र प्रतीक्षालाई प्रस्तुत गरेका छन्।

भिडियोका निर्माता तथा कथाकार शान बस्न्यात हुन्। उनले गीतको भावसँग मेल खाने गरी कथा र पटकथा तयार गरेका हुन्।


मंगलबार, २ भाद्र २०८३
सम्बन्धित समाचार
Go