logo

२०८३ भाद्र २३ मंगलबार

‘एक्का तीन’को फर्स्टलुक पोस्टर सार्वजनिक

‘एक्का तीन’को फर्स्टलुक पोस्टर सार्वजनिक

520
SHARES
‘एक्का तीन’को फर्स्टलुक पोस्टर सार्वजनिक

‘दान्भी’ निर्देशक रुपेश तामाङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘एक्का तीन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । एक्सनप्रधान जनरामा निर्माण हुने फिल्मको पोस्टरमा अभिनेत्री पूजा शर्मा र कविता नेपालीलाई आमनेसामने देखाइएको छ ।

पोस्टरमा दुवै अभिनेत्रीको अनुहारमा आक्रोश देखिन्छ । पूजाको गालामा धारिलो वस्तुले काटेको जस्तो चोटको दाग छ भने कविताको निधारमा पनि घाउको निशान देखिन्छ । कविताले कम्मरमा पेस्तोल भिरेको दृश्यले फिल्ममा उनीहरूको भिडन्त निकै तीव्र हुने संकेत गर्छ । पृष्ठभूमिमा देखाइएको चट्याङले पनि दुई महिला पात्रबीचको संघर्षलाई झल्काएको छ ।

पूजा र कविता पहिलोपटक एउटै फिल्ममा सहकार्य गर्न लागेका हुन् । दुवै अभिनेत्री एक्सन भूमिकामा प्रस्तुत हुने फिल्ममा अभिनेता पुष्प खड्काको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकारको नाम भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

दुई श्रृंखलामा निर्माण हुने ‘एक्का तीन’को पटकथा तथा संवाद सुमन गजमेरले लेखेका हुन् । उनले यसअघि ‘रंगी’को पटकथा लेखेका थिए । रामकृष्ण खरेल र अनुप गदाल निर्माता रहेको फिल्म जुना फिल्म्सको ब्यानरमा निर्माण हुनेछ ।

फिल्मको छायांकन भदौको अन्तिम साताबाट सुरु गर्ने तयारी छ । निर्माण पक्षले ‘एक्का तीन’लाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखेको जनाएको छ ।


बिहिबार, ४ भाद्र २०८३
सम्बन्धित समाचार
Go