logo

२०८३ भाद्र २८ आइतबार

बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको वैवाहिक विवाद नयाँ मोड

बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको वैवाहिक विवाद नयाँ मोड

273
SHARES
बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको वैवाहिक विवाद नयाँ मोड

बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको वैवाहिक विवादले नयाँ मोड लिएको छ । सुनिताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएकी छन् ।

गोविन्दाका म्यानेजर शशी सिन्हाले सुनिताले मुद्दा फिर्ता लिएको पुष्टि गरेका छन् । बुधबार, १९ अगस्टमा सुनिता छोरा यशवद्र्धन आहुजासँगै मुम्बईस्थित बान्द्रा परिवार अदालत पुगेकी थिइन् । अदालत पुग्नुको कारणबारे पपाराजीले सोध्दा उनले ठट्टा गर्दै ‘जन्मदिन मनाउन आएकी थिएँ’ भनेकी थिइन् ।

त्यसपछि शशीले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै दुवैबीच अहिले कुनै समस्या नरहेको दाबी गरेका छन् । सुनिता रिसाएको देखिएपछि आफूहरूबीच ठूलो विवाद रहेको अनुमान गरिएको हुनसक्ने बताउँदै उनले अहिले अवस्था सामान्य रहेको जनाएका छन् ।

रिपोर्टअनुसार सुनिताले ५ डिसेम्बर २०२४ मा हिन्दू म्यारिज एक्ट १९५५ अन्तर्गत बान्द्रा परिवार अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरेकी थिइन् । निवेदनमा उनले गोविन्दामाथि व्यभिचार, क्रुरता र परित्यागजस्ता आरोप लगाएकी थिइन् ।

गोविन्दा र सुनिताको विवाह सन् १९८७ मा भएको थियो । उनीहरूका दुई सन्तान छन्—छोरी टीना आहुजा र छोरा यशवद्र्धन आहुजा । पछिल्लो समय उनीहरूको सम्बन्धमा तनाव बढेको चर्चा चल्दै आएको थियो ।

केही दिनअघि सुनिताले गोविन्दालाई ‘सुगर ड्याडी’ भन्दै सार्वजनिक टिप्पणी गरेकी थिइन् । गोविन्दाको आगामी फिल्म ‘रूपा’की सहकलाकार कोमल रानी स्वर्णकरसँग उनको सम्बन्ध रहेको चर्चा चलेपछि सुनिताले पपाराजीसँग कुराकानी गर्दै गोविन्दाको आलोचना गरेकी थिइन् ।

गोविन्दा र कोमल एकसाथ विमानस्थलमा देखिएपछि सुनिताले पति आफ्नो छोरीको उमेरकी युवतीसँग हिँडिरहेको भन्दै आपत्ति जनाएकी थिइन् । उनको यस्तो अभिव्यक्तिपछि गोविन्दाले पनि मनपरी नबोल्न चेतावनी दिएका थिए । यसले उनीहरूको विवाद थप चर्चामा आएको थियो ।

यद्यपि अहिले सुनिताले डिभोर्स मुद्दा फिर्ता लिएसँगै उनीहरूको सम्बन्धमा सुधार आएको दाबी गरिएको छ । शशी सिन्हाले पारिवारिक विषयलाई परिवारभित्रै सीमित राख्नुपर्ने बताउँदै वैवाहिक विवाद सार्वजनिक भएकोमा दुःखसमेत व्यक्त गरेका छन् ।


बिहिबार, ४ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go