logo

२०८३ कार्तिक १६ आइतबार

‘पार्वती’को ट्रेलर सार्वजनिक

‘पार्वती’को ट्रेलर सार्वजनिक

494
SHARES
‘पार्वती’को ट्रेलर सार्वजनिक

रक्षा बन्धनको अवसरलाई लक्षित गर्दै भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शनको एक साताअघि बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण पक्षले करिब चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।

नीता ढुंगाना र अशोक दर्जीलाई केन्द्रमा राखिएको ट्रेलरले दिदीभाइबीचको आत्मीय सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । फिल्ममा नीताले अटिजम भएकी पार्वतीको चरित्र निर्वाह गरेकी छन् भने अशोकले उनका भाइको भूमिका निभाएका छन् ।

ट्रेलरमा दिदीभाइको सम्बन्धसँगै सन्तानप्रति अभिभावकको माया, सामाजिक अन्धविश्वास तथा फरक क्षमता भएका व्यक्तिप्रति समाजको व्यवहारलाई कथाको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ । पारिवारिक भावनासँगै सामाजिक विषयलाई जोडिएको ट्रेलरले फिल्मको कथावस्तु गम्भीर र संवेदनशील रहेको संकेत गर्छ ।

नीता ढुंगानाको निर्देशनमा बनेको फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल र सुवास गजुरेललगायत कलाकारको अभिनय छ ।

ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन् । नीता फिल्म्सको प्रस्तुतिमा बनेको ‘पार्वती’को कथा नीताकै हो । शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका छन् ।

सुदीप बरालको छायांकन रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका छन् । पार्श्व ध्वनी एलिस कार्की र शिवम् रसाइलीको छ भने रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् । फिल्ममा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत छ ।


बिहिबार, ४ भाद्र २०८३
सम्बन्धित समाचार
Go