logo

२०८३ भाद्र २३ मंगलबार

पाँच वर्षपछि आकाशले खुलेर स्वीकारे करुणासँगको प्रेम

पाँच वर्षपछि आकाशले खुलेर स्वीकारे करुणासँगको प्रेम

325
SHARES
पाँच वर्षपछि आकाशले खुलेर स्वीकारे करुणासँगको प्रेम

अभिनेता आकाश श्रेष्ठको चर्चा पछिल्लो समय अभिनयभन्दा बढी उनको प्रेम सम्बन्धका कारण हुने गरेको छ । विगत एक दशकमा विभिन्न अभिनेत्रीसँग उनको नाम जोडिएको थियो भने एक समय उनी एक अभिनेत्रीसँग विवाह गर्ने तयारीमा समेत रहेको चर्चा चलेको थियो । तर, उक्त सम्बन्ध लामो समय टिक्न सकेन ।

पछिल्लो पाँच वर्षदेखि भने आकाश अभिनेत्री तथा मोडल करुणा श्रेष्ठसँग प्रेम सम्बन्धमा छन् । सम्बन्धको चर्चा सुरु भएदेखि नै आकाशले लामो समयसम्म आफूहरूबीच केवल मित्रता रहेको बताउँदै आएका थिए । तर, पछिल्ला वर्षहरूमा उनका सामाजिक सञ्जालका पोस्टले भने सम्बन्धबारे फरक संकेत दिँदै आएका थिए ।

सोमबार आकाशले पहिलोपटक सार्वजनिक रूपमै करुणासँगको प्रेम स्वीकार गरेका छन् । उनले इन्स्टाग्राममा करुणासँगका दुई तस्वीर सार्वजनिक गर्दै पाँच वर्षदेखि आफूहरू सँगै रहेको उल्लेख गरेका छन् । उनले आगामी दिनहरू पनि करुणासँगै बिताउने चाहना व्यक्त गरेका छन् ।

आकाश र करुणा निकट स्रोतका अनुसार यही वर्ष विवाह गर्ने तयारीमा रहेको बताइएको छ । उनीहरूको सम्बन्धलाई दुवै परिवारको समेत स्वीकृति रहेको र दुवै एकअर्काका परिवारसँग नजिक भइसकेको स्रोतको दाबी छ । करुणा आकाशकी आमासँग काठमाडौंका विभिन्न सपिङ मलमा किनमेल गरिरहेको अवस्थामा समेत देखिँदै आएकी छन् ।

आकाश र करुणाको चिनजान म्यूजिक भिडियोमा सँगै काम गर्ने क्रममा भएको थियो । मित्रताबाट सुरु भएको सम्बन्ध विस्तारै प्रेममा परिणत भएको बताइन्छ । पछिल्लो पाँच वर्षमा उनीहरूले थुप्रै म्यूजिक भिडियोमा सहकार्य गरेका छन् ।

करुणाले म्यूजिक भिडियोमा सक्रिय हुनुअघि फिल्म ‘१०० कडा १०’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । आकाश भने अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।


आइतबार, ७ भाद्र २०८३
सम्बन्धित समाचार
Go