फिल्म ‘गौँथली’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हालसम्म २३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।
फिल्म डा. भोला रिजालको कथामा आधारित छ । यसको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मलाई दर्शकको निरन्तर साथ मिलिरहेको निर्माण पक्षको भनाइ छ । फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।
नेपालमा उत्साहजनक प्रदर्शन गरिरहेको ‘गौँथली’ अब जापानलगायत केही विदेशी मुलुकमा समेत प्रदर्शनको तयारीमा छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd