logo

२०८३ भाद्र २३ मंगलबार

बा–एक योद्धा’को ट्रेलर सार्वजनिक, भदौ १९ देखि प्रदर्शनमा

बा–एक योद्धा’को ट्रेलर सार्वजनिक, भदौ १९ देखि प्रदर्शनमा

  • kollywood 1
  • शुक्रबार, ५ भाद्र २०८३
637
SHARES
बा–एक योद्धा’को ट्रेलर सार्वजनिक, भदौ १९ देखि प्रदर्शनमा

नेपाली चलचित्र ‘बा–एक योद्धा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । हरि लाम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्रले बाबुको साहस, त्याग र सन्तानप्रतिको निःस्वार्थ प्रेमलाई पारिवारिक कथामार्फत प्रस्तुत गर्ने जनाइएको छ ।

ट्रेलरमा परिवार, सम्बन्ध र जीवनका संघर्षसँगै बाबुको भूमिकालाई केन्द्रमा राखिएको देखिन्छ । भावनात्मक पारिवारिक कथामा आधारित चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी र अनिल बुढाथोकीलगायत कलाकारको अभिनय छ । केकी अधिकारीको अतिथि भूमिका रहेको छ ।

चलचित्रको निर्माण वसन्त लाम्सालले गरेका हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता र अर्जुन पौडेल लाइन निर्माता छन् । लक्ष्मी काफ्ले सह–निर्माताका रूपमा जोडिएका छन् ।

‘बा–एक योद्धा’ भदौ १९ अर्थात् सेप्टेम्बर ४ देखि नेपालसहित विश्वभरका हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’ले प्रस्तुत गरेको हो ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, हरि लाम्सालको संगीत, मित्र डी. गुरुङको सम्पादन तथा रामन बज्राचार्यको ब्याकग्राउन्ड स्कोर रहेको छ ।


शुक्रबार, ५ भाद्र २०८३
सम्बन्धित समाचार
Go