logo

२०८३ भाद्र २३ मंगलबार

बुकी’ को गीत सार्वजनिक

बुकी’ को गीत सार्वजनिक

377
SHARES
बुकी’ को गीत सार्वजनिक

चलचित्र ‘बुकी’मा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा बनेको चलचित्रको यो गीत सम्भवतः भलिबल खेललाई केन्द्रमा राखेर तयार पारिएको पहिलो नेपाली गीत हो ।

मोहन केसीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा प्रमोद खरेल र रचना रिमालको स्वर सुन्न सकिन्छ । भलिबलमै जीवन समर्पण गरेका खेलाडीको संघर्ष, त्याग र देशलाई खेलमार्फत चिनाउने सपनालाई गीतले प्रस्तुत गरेको छ । त्यसैले यो गीत खेलाडीप्रतिको सम्मान र भलिबलप्रतिको समर्पणमा केन्द्रित देखिन्छ ।

गीतको भिडियोले खेलाडीको अभ्यास, प्रतियोगिताको माहोल र भलिबलप्रतिको आकर्षणलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ । विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रका गाउँमा रहेको भलिबल क्रेजलाई भिडियोमा सुन्दर ढंगले देखाइएको छ । भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् ।

बाग्लुङको ढोरपाटन तथा आसपासका रमणीय स्थानमा खिचिएको भिडियोले गीतको भावलाई थप बलियो बनाएको छ ।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुतिमा तयार भएको चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्कीसहित प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईंलगायत कलाकारको अभिनय छ ।

काठमाडौं, पोखरा र बाग्लुङको ढोरपाटनलगायतका क्षेत्रमा छायांकन गरिएको चलचित्रका निर्माता लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा हुन् । प्रकाश आले र राजन केसी कार्यकारी निर्माता तथा राजेश थापा र बसुन्धरा खरेल क्रिएटिभ प्रोड्युसरका रूपमा छन् । जितु थापा र सुनील बुढाथोकी को–प्रोड्युसर रहेका छन् ।

आशुका अर्याल एशोसिएट डिरेक्टर, आचार्य गोपाल चिफ असिस्टेन्ट डिरेक्टर तथा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी सहायक निर्देशकमा छन् ।

विकास गन्दर्भको छायांकन रहेको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । श्याम मल्लले श्रृंगार तथा थम्मन थापाले प्रोडक्सन हेड सम्हालेका छन् ।


शुक्रबार, ५ भाद्र २०८३
सम्बन्धित समाचार
Go