logo

२०८३ भाद्र ७ आइतबार

अनमोल र जसिताको जोडीमा सिनेमा आर्टको नयाँ फिल्म, निर्देशन सुयोग गुरुङको

अनमोल र जसिताको जोडीमा सिनेमा आर्टको नयाँ फिल्म, निर्देशन सुयोग गुरुङको

  • Pradip
  • शुक्रबार, ५ भाद्र २०८३
234
SHARES
अनमोल र जसिताको जोडीमा सिनेमा आर्टको नयाँ फिल्म, निर्देशन सुयोग गुरुङको

नेपाली फिल्म क्षेत्रमा सफल मानिएको ब्यानर सिनेमा आर्टले नयाँ चलचित्र निर्माणको तयारी अघि बढाएको छ । नयाँ प्रोजेक्टमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा देखिने भएका छन् ।



चलचित्रको निर्देशन सुयोग गुरुङले गर्नेछन् । सिनेमा आर्टले निर्देशक गुरुङसँगै अनमोल र जसितासँग औपचारिक सम्झौता गरिसकेको जनाएको छ ।

निर्माता रौनक विक्रम कडेलका अनुसार चलचित्रको शीर्षक भने अहिले सार्वजनिक गरिएको छैन । फिल्मको नामसँगै कथावस्तु र अन्य विवरण पनि समयअनुसार सार्वजनिक गरिने तयारी छ ।

आगामी मंसिरदेखि चलचित्रको छायांकन सुरु गर्ने लक्ष्य राखिएको छ । अहिले अन्य कलाकार छनोट तथा प्रि–प्रोडक्सनको काम भइरहेको निर्माण पक्षले जनाएको छ ।

‘ए मेरो हजुर ५’ पछि अनमोल यही चलचित्रमा व्यस्त हुनेछन् । सिनेमा आर्टको ब्यानर, अनमोल–जसिताको जोडी र सुयोग गुरुङको निर्देशन रहने भएपछि चलचित्र घोषणा भएसँगै यसप्रति दर्शकको चासो बढेको छ ।


शुक्रबार, ५ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go