logo

२०८३ भाद्र ७ आइतबार

पार्वती’लाई युनिभर्सल सर्टिफिकेट, परिवारसहित हेर्न मिल्ने

पार्वती’लाई युनिभर्सल सर्टिफिकेट, परिवारसहित हेर्न मिल्ने

  • Pradip
  • शुक्रबार, ५ भाद्र २०८३
429
SHARES
पार्वती’लाई युनिभर्सल सर्टिफिकेट, परिवारसहित हेर्न मिल्ने

अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । प्रमाणपत्र पाएसँगै अब फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्ने भएका छन् ।



भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘पार्वती’ले युनिभर्सल प्रमाणपत्र पाएपछि निर्देशक ढुङ्गानाले खुसी व्यक्त गरेकी छन् । उनले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले परिवारसँगै बसेर फिल्म हेर्न सक्ने बताउँदै दर्शकलाई हलसम्म पुग्न आग्रह गरेकी छन् ।

यसअघि सार्वजनिक गरिएको करिब चार मिनेट लामो ट्रेलरले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक ट्रेलरमा फिल्मको कथावस्तु र पात्रहरूको सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको फिल्ममा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन् । दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा तथा पटकथा निर्देशक ढुङ्गानाले तयार पारेकी हुन् भने संवाद तथा स्क्रिप्ट शिवम् अधिकारीको रहेको छ । सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र साहिल खानको सम्पादन रहेको फिल्मका गीतमा पनि दर्शकको ध्यान गएको छ ।

‘सुनको रेल’ र ‘दिदीबहिनी’ बोलका गीत सार्वजनिक भइसकेका छन् । बाबुल गिरी र दीपक शर्माको संगीत तथा हर्क साउद र बाबुल गिरीको शब्द रहेको गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ ।

फिल्मका निर्माता अभिनेत्री निता ढुङ्गानाका श्रीमान हरिहर अधिकारी हुन् ।


शुक्रबार, ५ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go