logo

२०८३ भाद्र २६ शुक्रबार

जदौ’को टिजर सार्वजनिक

जदौ’को टिजर सार्वजनिक

234
SHARES
जदौ’को टिजर सार्वजनिक

आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत रिलिज गरिएको करिब एक मिनेट लामो टिजरले फिल्मको कथावस्तु र पात्रबीचको सम्बन्धबारे संकेत गरेको छ ।

दुई पुस्ताको सम्बन्धलाई कथाको केन्द्रमा राखिएको टिजरमा त्रिकोणात्मक प्रेमसँगै श्रीमान्–श्रीमतीबीचको तनाव र पारिवारिक द्वन्द्वलाई देखाइएको छ । प्रभातपाल ठकुरीको ‘भ्वाइस ओभर’बाट सुरु हुने टिजरमा उनी नीति शाहसँग रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । त्यसपछि राजश्री थापा कसैको सम्झनामा भावुक देखिन्छिन् । टिजरको अन्तिम दृश्यमा भने मुकुन भुसालले ऋचा शर्माको घाँटी अठ्याएको दृश्य राखिएको छ । यी झलकले फिल्ममा प्रेम, सम्बन्ध र पारिवारिक संघर्षलाई प्रमुखता दिइएको बुझिन्छ ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा विनोद न्यौपाने, नरेश पौड्याल, खड्गबहादुर पुन मगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की र स्वस्तिका चौधरीलगायत कलाकारको अभिनय छ । फिल्मको कथा, पटकथा तथा संवाद काजी लिम्बूले तयार पारेका हुन् ।

सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन छ । मनोज चौलागाईंले पार्श्व संगीत दिएका छन् भने अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ ।

निर्माण पक्षका अनुसार ‘जदौ’ अन्तरजातीय प्रेमकथामा आधारित फिल्म हो ।


आइतबार, ७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go