logo

२०८३ भाद्र ७ आइतबार

आईजीपी कार्कीको शब्दमा रहेको ‘सिक्का नोटैमा’ले पायो दर्शकको माया, डेढ महिनामै १ करोड ४३ लाख बढी भ्युज

आईजीपी कार्कीको शब्दमा रहेको ‘सिक्का नोटैमा’ले पायो दर्शकको माया, डेढ महिनामै १ करोड ४३ लाख बढी भ्युज

  • Pradip
  • आइतबार, ७ भाद्र २०८३
130
SHARES
आईजीपी कार्कीको शब्दमा रहेको ‘सिक्का नोटैमा’ले पायो दर्शकको माया, डेढ महिनामै १ करोड ४३ लाख बढी भ्युज

प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रहेको गीत ‘सिक्का नोटैमा’ पछिल्लो समय निकै चर्चामा आएको छ । सार्वजनिक भएको करिब डेढ महिनामै गीतले युट्युबमा १ करोड ४३ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ ।



गीतले युट्युबमा मात्रै नभई सामाजिक सञ्जालमा समेत राम्रो चर्चा पाएको छ । गीतको धुन र शब्दमा टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा लाखौँ प्रयोगकर्ताले भिडियो बनाएका छन् । दर्शक तथा श्रोतामाझ गीतको लोकप्रियता बढ्दै गएपछि ‘सिक्का नोटैमा’ अहिले चर्चित नेपाली गीतमध्ये एक बनेको छ ।

गज्जब टीभीको प्रस्तुतिमा सार्वजनिक गीतमा मेलिना राई र समीर खरेलको स्वर रहेको छ । गीतमा दानबहादुर कार्कीले डी कार्की नामबाट शब्द लेखेका हुन् भने संगीत समीर खरेलको रहेको छ । रिक्सेश गुरुङ ‘किज’ले संगीत उत्पादनसँगै मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

गीतको भिडियोमा अञ्जना बराइली र प्रदीप लामाको अभिनय छ । प्रदीप लामाको निर्देशन रहेको भिडियोको छायांकन पवन सुस्लिङले गरेका हुन् । निर्माणमा निश्चल ओली, बालकृष्ण ओली, शैलेश खत्रीलगायतको टोली संलग्न छ ।

सार्वजनिक भएको छोटो समयमै करोडौँ भ्युज र सामाजिक सञ्जालमा व्यापक प्रयोग पाउनुले ‘सिक्का नोटैमा’ लाई दर्शक–श्रोताले निकै रुचाएको देखाएको छ ।

 पूरा भिडियो 

 

 


आइतबार, ७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go