logo

२०८३ भाद्र २३ मंगलबार

छायांकनकै क्रममा ‘यानीमाया’को अन्तर्राष्ट्रिय बजारमा चर्चा, ६ देशमा बिक्री भयो प्रदर्शन अधिकार

छायांकनकै क्रममा ‘यानीमाया’को अन्तर्राष्ट्रिय बजारमा चर्चा, ६ देशमा बिक्री भयो प्रदर्शन अधिकार

  • kollywood 1
  • मंगलबार, ९ भाद्र २०८३
182
SHARES
छायांकनकै क्रममा ‘यानीमाया’को अन्तर्राष्ट्रिय बजारमा चर्चा, ६ देशमा बिक्री भयो प्रदर्शन अधिकार

नायक पल शाहको निर्माण तथा अभिनय रहेको फिल्म ‘यानीमाया’को छायांकन चलिरहँदा नै अन्तर्राष्ट्रिय बजारमा माग बढेको छ । निर्माणपक्षका अनुसार फिल्मको प्रदर्शन अधिकार ६ वटा देशमा बिक्री भइसकेको छ ।

‘यानीमाया’को हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री गरिएको हो । अन्य मुलुकमा पनि फिल्म प्रदर्शनका लागि छलफल भइरहेको र केही समयमै थप देशको अधिकार टुंगो लाग्ने निर्माणपक्षले जनाएको छ ।

फिल्म ‘मोहर’पछि विदेशी बजारमा पल शाहको लोकप्रियता बढेको निर्माणपक्षको दाबी छ । पल अभिनित ‘आ बाट आमा’ले समेत विदेशमा राम्रो व्यापार गरेको बताइएको छ । फिल्म घोषणा भएदेखि नै चर्चामा रहेको ‘यानीमाया’को छायांकन ४० दिनको तालिकाअनुसार अघि बढिरहेको छ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा बनिरहेको फिल्ममा पल शाहसँगै अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अंकित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ । बाल कलाकारका रूपमा शान्न अधिकारी र मोनिका भण्डारी पनि देखिनेछन् ।

चन्द्र ज्योती आले र पल शाहको लगानी रहेको फिल्ममा नवराज उप्रेतीले डीओपीको जिम्मेवारी सम्हालेका छन् । फिल्मको एक्सन कुमार महर्जन, मुख्य सहायक निर्देशन गिरिराज घिमिरे र सम्पादन भूपेन्द्र अधिकारीले गर्नेछन् ।

त्यस्तै, विशाल कार्कीले निर्माण व्यवस्थापन, रेनिश फागोले कलर सम्पादन, राजु लामा र सञ्जु ढकालले मेकअप तथा हेयर र आशिष पौडेलले पोशाक डिजाइनको जिम्मेवारी सम्हालेका छन् ।

सामाजिक प्रेमकथामा आधारित ‘यानीमाया’लाई फागुन ७ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा निर्माणपक्षले यसअघि नै गरिसकेको छ । हाल निर्माण टोली ‘गुन्डु’को छायांकनमा व्यस्त रहेको र उक्त काम सकिएपछि ‘यानीमाया’को छायांकनका लागि पर्वत जाने तयारी रहेको जनाइएको छ ।


मंगलबार, ९ भाद्र २०८३
सम्बन्धित समाचार
Go