logo

२०८३ भाद्र २३ मंगलबार

निखिलको ‘आचार्य’को टिजर सार्वजनिक, एक्सन र स्टन्टले भरिएको छ झलक

निखिलको ‘आचार्य’को टिजर सार्वजनिक, एक्सन र स्टन्टले भरिएको छ झलक

  • kollywood 1
  • मंगलबार, ९ भाद्र २०८३
390
SHARES
निखिलको ‘आचार्य’को टिजर सार्वजनिक, एक्सन र स्टन्टले भरिएको छ झलक

एक्सन अभिनेता निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहेको फिल्म ‘आचार्य’को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको टिजरमा फिल्मका एक्सन र स्टन्टलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

टिजरमा निखिललाई विभिन्न साहसिक दृश्यमा देख्न सकिन्छ । हेलिकप्टरबाट हाम फाल्ने, प्याराग्लाइडिङ गर्ने, तीव्र गतिमा कार तथा बाइक चलाउनेलगायतका दृश्यले फिल्ममा एक्सनको मात्रा उच्च रहेको संकेत गर्छ ।

‘आचार्य’मा निखिललाई फरक–फरक लुक्समा प्रस्तुत गरिएको छ । कतै लामो कपाल र दाह्रीसहितको रफ अवतारमा देखिएका उनी कतै सेतो पहिरनमा आध्यात्मिक व्यक्तित्वको रूपमा देखिन्छन् ।

टिजरमा ‘धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ लेखिएको ट्याटु तथा संवाद पनि समावेश गरिएको छ । यसले फिल्मको कथाले सामाजिक न्याय र अधर्मविरुद्धको संघर्षलाई उठाएको हुनसक्ने संकेत गरेको छ ।

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा द्वन्द्व निर्देशन शुक्रराज शाहले गरेका छन् भने कृष्ण भट्टराई निर्माता हुन् ।

‘आचार्य’लाई असोज ९ गते अर्थात् सेप्टेम्बर २५ देखि देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।


मंगलबार, ९ भाद्र २०८३
सम्बन्धित समाचार
Go