logo

२०८३ भाद्र २८ आइतबार

तिरिमिरी झ्याइँ’को सम्पूर्ण छायांकन पूरा

तिरिमिरी झ्याइँ’को सम्पूर्ण छायांकन पूरा

286
SHARES
तिरिमिरी झ्याइँ’को सम्पूर्ण छायांकन पूरा

हास्यव्यङ्ग्य शैलीको नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को सम्पूर्ण छायांकन पूरा भएको छ। ३५ दिनसम्म चलेको छायांकनअन्तर्गत सोमबार कोशी प्रदेशको सुनसरीस्थित बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै चलचित्रको छायांकन सकिएको हो।

निर्माता बोगटीका अनुसार अब चलचित्रको सम्पादन कार्य तत्काल अघि बढाइनेछ। चलचित्रलाई यसै वर्ष दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ।

आभास अधिकारीको कथा तथा अवधारणामा समीरले निर्देशन गरेको ‘तिरिमिरी झ्याइँ’ पारिवारिक मनोरञ्जनसँगै सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो। समकालीन समाजका विविध पक्षलाई हास्य र व्यङ्ग्यको स्वादमा प्रस्तुत गर्ने चलचित्रले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रबाट ‘दले दाई’का रूपमा परिचित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन्। चलचित्रमा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा जोडिएका छन्।

चलचित्रको छायांकन विशाल कक्षपतिले गरेका हुन् भने अभिषेक कार्कीले संगीत दिएका छन्। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका छन्। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन्।


मंगलबार, ९ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go