logo

२०८३ भाद्र २७ शनिबार

शुक्रबारदेखि देशभर प्रर्दशनमा ‘पार्वती’ ः दिदी–भाइको प्रेम र अटिजमको कथा बोकेको फिल्म

शुक्रबारदेखि देशभर प्रर्दशनमा ‘पार्वती’ ः दिदी–भाइको प्रेम र अटिजमको कथा बोकेको फिल्म

  • kollywood 1
  • शुक्रबार, १२ भाद्र २०८३
468
SHARES
शुक्रबारदेखि देशभर प्रर्दशनमा ‘पार्वती’ ः दिदी–भाइको प्रेम र अटिजमको कथा बोकेको फिल्म

अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म पार्वती शुक्रबारबाट देशभर प्रर्दशनमा आएको छ । फिल्मले अटिजम भएकी दिदी र भाइबीचको आत्मीय सम्बन्धसँगै परिवार र समाजसँगको संघर्षलाई कथाको केन्द्रमा राखेको छ ।

यता अभिनेत्री निता ढुङगानाले वर्तमान परिस्थिीतीमा प्रर्दशनको चाहाना नहुदा नहुँदै चलचित्र प्रर्दशन गर्नूपरेको बताएकी छन् । अन्य मयमा मिती नपाइने र चलचित्र हलले समे सो वनदिने भएकोले देश विपत्तीको सोकमा हुँदा समेत फिल्म प्रदर्शन गनुपर्ने बाध्यता रहेको बताएकी छन् ।

यसैबिच फिल्म पार्वतीको टिमले भदौ १२ गते शुक्रबारको कमाई रसुवा बाढी पिडितलाई सहयोग गर्ने भएको छ । विपत्तिको घडिमा सबैलाई सक्दो सहयोग गर्न समेत निर्माा टिमले अपिल गरेको छ ।

केहिदिन अघि चितवनको एक सिनेमा हलमा गरिएको फिल्मको प्रिमियरमा समेत पार्वर्तीले निकै सकारात्मा प्रतिकृया पाएको थियो । सहभागी दर्शकले फिल्ममा पछिललो समयको वास्तविकता रहेको भन्दै हेर्नैपर्ने फिल्म रहेको बताएका थिए । त्यहाँ केही दर्शकका आँखामा आसु समेत देखिन्थे । प्रिमिएरमा पार्वतीका मुख्य कलाकार अभिनेत्री निता ढुङगाना र अशोक दर्जि समेत पुगेका थिए ।

यस्तै भदौ १२ गते भारतिय फिल्म टक्सीक प्रर्दशनमा आउने भन्दै धेरै नेपाली mिल्मले प्रर्दशन मिती परिर्वतन गरे । तर पार्वतीले आनफनो अडानमा अडिक रह्यो । पार्वतीले कसैसंगै प्रतिसप्रर्धा नभई फिल्मको कथाले दर्शकको मन जित्ने र कसैसंग प्रतिसप्रर्धा नरहेको बताएको छ ।

फिल्ममा नीता ढुङ्गाना पार्वतीको भूमिकामा देखिएकी छन् भने अशोक दर्जी उनका भाइ किरणको भूमिकामा छन् । दिदी–भाइबीचको माया, पारिवारिक सम्बन्ध र समाजले फरक व्यवहार गर्ने अवस्थालाई फिल्मले भावनात्मक रूपमा प्रस्तुत गरेको छ ।
फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायत कलाकारको अभिनय छ ।
फिल्मको कथा नीता ढुङ्गानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार गरेका हुन् । सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । निर्माता हरिहर अधिकारी हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर हुन् ।
सबै उमेर समूहका दर्शकले हेर्न पाउने गरी फिल्मले युनिभर्सल सर्टिफिकेट समेत पाइसकेको छ ।


शुक्रबार, १२ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go