भीषण बाढी–पहिरोका कारण नेपाली चलचित्र **‘ककाकिकी’**को प्रदर्शन मिति स्थगित गरिएको छ । यसअघि भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अब मंसिर ११ गतेबाट प्रदर्शनमा आउने भएको हो ।
निर्माण संस्था माया इन्टरटेनमेन्ट स्टुडियोले विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको प्राकृतिक विपत्तिका कारण पूर्वनिर्धारित प्रदर्शन मिति परिवर्तन गर्नुपरेको जनाएको छ । बाढी–पहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला चलचित्र प्रदर्शनका लागि उपयुक्त वातावरण नरहेको भन्दै निर्माण पक्षले मिति सारेको हो ।
बिक्की अग्रवालको निर्देशन रहेको चलचित्रमा दिया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनालीलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको छायांकन सुदिप बरालले गरेका हुन् भने पटकथा निर्देशक अग्रवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका छन् । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रलाई सेभेन सिज इन्टरनेशनल फिल्म्सले विश्वव्यापी रूपमा प्रदर्शन गर्नेछ ।
यसअघि चलचित्रको गीत तथा पहिलो झलक सार्वजनिक भइसकेका छन् । नयाँ प्रदर्शन मिति तय भएसँगै निर्माण पक्षले दर्शकलाई मंसिर ११ गतेदेखि चलचित्र हलमा हेर्न पाउने जानकारी दिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd